काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिको २३औं वार्षिक साधारण सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभाले शेयरधनीहरुलाई आ व २०८०र८१ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत पास गरेको छ ।
त्यसै गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० रुपैयाँबाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुऱ्याउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।
काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको सस्थाले जनाएकोछ। वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा वित्तीय संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०र८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीज्यूले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । साथै यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन ।