शीर्षकहरू

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, अधिकतम् ८० रुपैयाँसम्म दिने

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, अधिकतम् ८० रुपैयाँसम्म दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन पुस २९ गते नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम नयाँ बोनस शेयर कायम गरेको हो ।

कम्पनीले प्रति हजार रुपैयाँको आधारमा प्रति वर्ष प्रति हजार बीमाङ्क रकममा न्यूनतम् २५ रुपैयाँदेखि अधिकतम् ८० रुरुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो । कम्पनीले विभिन्न ६ किसिमका बीमालेख जारी गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम् २५ देखि अधिकतम् ५५ रुपैयाँसम्म , वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम् २५ रुपैयाँदेखि अधिकतम् २८ रुपैयाँ , सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम् ३५ रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँ, सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम् ३८ रुपैयाँदेखि अधिकतम् ७३ रुपैयाँ, सिटिजन बाल भविश्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविश्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम् ४० रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजनामा न्यूनतम् ३८ रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको हो ।

यही बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि मुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम अर्को बोनस दर कायम नभएसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।