काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनन्त कुमार चापागाईँले पदभार ग्रहण गरेका छन् । बैकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के उपस्थितिमा सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन ।
बैंक सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैङ्कमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको बताए । अनन्त कुमार चापागाईँ यसभन्दा पहिला प्राइम कर्मसियल बैंकमा कार्यरत थिए ।