काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको अवितरित सर्वसाधारण शेयरको हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख २६ हजार ५७४ कित्ता सर्वसाधारण समूहको शेयर बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले १ः०ः५ को अनुपातमा हकप्रद बिक्री खुला गरी आवेदन मागेको थियो । तर सर्वसाधारण समूहको शेयरमा आवेदन परेको थिएन । कम्पनीले सोही शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकत सम्पूर्ण कित्ताका लागि आजदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन कम्पनीको बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटल, कमलादी काठमाडौं वा प्रभु बैंकका विराटनगर, वीरगन्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामा बुझाउन सकिनेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइने कम्पनीले जनाएको छ ।