नेपालगन्ज । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा तराईका जिल्लाहरुमा हवाई उडान दुई दिनदेखि बन्द भएको छ । मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा तराईका जिल्ला कुनै पनि हवाई उडान हुन सकेन ।
आज (बुधबार) पनि तराईका अधिकांश जिल्लाका विमानस्थल बन्द रहेको नेपाल नागरिक उडयन प्राधिकरणका प्रवक्ता रेन्जी शेर्पाले बताए । उनले भने, तराईमा बाक्लो हुस्सु लागेकाले बुधबार बिहान एक हजार भिजिबिलिटी भएकाले तराईका धेरै जिल्लाको उडान हुन सकेकोको छैन ।’