काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भैरहेको छ ।