काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
आज नेप्से १.८३ अंकले बढेर दुई हजार ५९५.९६ अंकमा बजार बन्द भएको हो । यसदिन १३ उपसमूहमध्ये ७ उपसमूहको शेयरमूल्य बढ्दा ६ वटाको घटेको छ भने कारोबारमा आएका २४२ कम्पनीमध्ये १२४ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको शेयरमा ओरालो लागेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
यस्तै आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर खरिदबिक्री भएको छ ।