काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले हातपात गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेका जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको हो ।
जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्किँदै गर्दा हातपात भएको हो । स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस आउँदैछ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछानेका तर्फबाट अधिवक्ताहरूले बहस गरेका थिए ।
गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका रवि गएको बिहीबार जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर रिहा भएका थिए । उनी आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको थियो ।