काठमाडौँ । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' जारी भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुँडिखेल पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँचध्ये चार अध्यादेश यसअघि नै जारी भैसकेकोमा भूमिसम्बन्धी अध्यादेश आज राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका हुन् ।
उक्त अध्यादेश जारी भएपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरुलाई ।'
भूमिसम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । जसमा भूमिहीन जनतालाई लालपूर्जासहितको जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।