शीर्षकहरू

बुढानिलकण्ठ हेरिटेजको हकप्रद शेयर माघ ९ गतेसम्म निष्कासनमा रहने

बुढानिलकण्ठ हेरिटेजको हकप्रद शेयर माघ ९ गतेसम्म निष्कासनमा रहने

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले मंसिर २७ गतेदेखि निष्कासन गरेको २९ दशमलव ५६ प्रतिशत हकप्रद शेयर माघ ९ गतेसम्म निष्कासनमा रहने भएको छ । यस अघि कम्पनीले माघ २ गतेसम्म निष्कासन मिति तय गरेकोमा सात दिन अवधि थप गरी माघ ९ गतेसम्म कायम गरेको हो । 

कम्पनीले मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुका लागि उक्त हकप्रद शेयर निष्कासन गरेको हो । प्रतिशेयर १०० रुपैयाँ मूल्यमा निष्कासन गरिएको हकप्रद शेयर वापत्को रकम सम्बन्धित शेयरधनीहरुले कम्पनीको नाममा नेपाल एसबिआई बैंक लिमिटेडको कमर्सियल शाखा, काठमाडौंमा रहेको २२५२५२४०२००३११ खाता नम्बरमा जम्मा गरी सोको भौचर भने कम्पनीको इमेलमा पठाउनुपर्नेछ ।
 
कम्पनीले हाल कायम चुक्तापूँजी ८५ करोड रुपैयाँको आधारमा २९ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी समेत गरेको छ । गत मंसिर १४ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको हो