शीर्षकहरू

नेपाली कम्पनीहरूले विदेशमा पनि लगानी गर्न पाउने

नेपाली कम्पनीहरूले विदेशमा पनि लगानी गर्न पाउने

काठमाडौँ । सरकारले नेपाली कम्पनीहरूले विदेशमा पनि लगानी गर्न पाउने गरी अध्यादेश ल्याएको छ । गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेका चारवटा अध्यादेश नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । 

आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश,  निजीकरण (पहिलो संशोधन) अध्यादेश,  सुशासन प्रवर्द्धन तथा सामाजिक सेवासम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश राजपत्रमा सार्वजनिक गरिएको हो । जसमध्ये आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत् नेपाली कम्पनीले विदेशमा पनि लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

अध्यादेशमार्फत् विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ मा विदेशमा लगानी गर्न नपाउने प्रावधान रहेकोमा उक्त प्रावधान संशोधन गर्दै नेपालमा संस्थापित कम्पनीले विदेशमा लगानी गरेर आयआर्जन गर्न पाउने व्यवस्था गरिएको हो ।