शीर्षकहरू

आगामी पाँच वर्षमा अर्थतन्त्रको आकार १०५ खर्बको बनाइने

आगामी पाँच वर्षमा अर्थतन्त्रको आकार १०५ खर्बको बनाइने

काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकले १६औँ पञ्चवर्षीय योजना स्वीकृत गरेको छ ।  ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित योजना आयोगले तयार गरेको यो योजना आगामी आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा जानेछ ।

योजना आयोगले तयार गरेको योजनमा आगामी पाँच वर्ष (२०८५/८६) सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्ब पुर्‍याउने लक्ष्य राखिएको छ । आयोगका अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत, प्रतिव्यक्ति आय दुई हजार ४१३ अमेरिकी डलर पुर्‍याउने महत्वका‌ंक्षी योजना समेटिएका छन् ।

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार ४५६ रहेको प्रक्षेपण गरिएको छ ।

हाल नेपालको औसत आयु ७१ वर्ष रहेकोमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्दै पाँच वर्षमा नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य योजनाम ासमेटिएको छ । यस्तै साक्षरता दर ७६ प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याउने तथा बेरोजगारी दर ११.४ प्रतिशतबाछ ५ प्रतिशतमा झार्ने लक्ष्य १६औँ पञ्चवर्षीय योजनाको छ ।