शीर्षकहरू

अमेरिकी र अस्ट्रेलिन डलरसहित कुवेती दिनारको भाउ घट्दा कुनको बढ्यो?

अमेरिकी र अस्ट्रेलिन डलरसहित कुवेती दिनारको भाउ घट्दा कुनको बढ्यो?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र कुवेती दिनारको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर  १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो ।

यस्तै अस्ट्रेलियन डलरको भाउ पनि थोरैले घटेको छ । हिजो अस्ट्रेलियन डलर एकको कारोबार ८८ रुपैयाँ १९ पैसा खरिद र ८ रुपैयाँ ५९ पैसामा बिक्री भइरहेकोमा आज स्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

यस दिन कुवेती दिनारको भाउ पनि घटेको छ । आज एक कुवेती दिनार ४३३ रुपैयाँ ५५ पैसामा खरिद र ४३५ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ । हिजो कुवेती दिनार एकको खरिददर ४३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५९ पैसा थियो। 

यसदिन युरोपियन युरो, बेलायती पाउन्ड र बहराइन दिनारसहितका मुद्राको विनिमय दर भने बढेको छ ।

आज एक युरोको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ हिजो युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा थियो। यस्तै हिजो खरिददर १६७ रुपैयाँ २३ र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको बेलायती पाउन्ड एकको खरिददर आज १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा पुगेको छ ।

यस्तै आज बहराइन दिनारको भाउ पनि बढेको छ । बहराइन दिनारको खरिददर आज ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ रहेको छ । हिजो एक बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ रहेको थियो ।

यस्तो छ अन्य मुद्राको आजको विनिमयदर