शीर्षकहरू

औसत अमेरिकी कार्ड मार्फत झन्डै ९ लाख रुपैयाँ ऋण बोकेर हिँड्छन्

औसत अमेरिकी कार्ड मार्फत झन्डै ९ लाख रुपैयाँ ऋण बोकेर हिँड्छन्

एजेन्सी । अमेरिकामा क्रेडिट कार्ड चलाउने मानिसहरू सधैँ निकै ठूलो ऋणको भारले थिचिएको अवस्थामा रहेको देखिएको छ । हालै गरिएको एक अध्ययन अनुसार त्यहाँ क्रेडिट कार्ड प्रयोगकर्ता औसतमा ६५५५ अमेरिकी डलर अर्थात् ८ लाख ७८ हजार नेपाली रुपैयाँ ऋण रहेको देखिएको हो ।

सो अध्ययनबाट प्राप्त प्रतिवेदनलाई आधार मानेर प्रकाशित समाचारहरू अनुसार न्यू जर्सीका मानिसहरूले सबैभन्दा बढी औसतमा ८ हजार १५५ अमेरिकी डलर ऋण लिएको देखिएको छ । त्यस्तै, मेरिल्यान्ड, न्यूयोर्क र अलस्कामा ७ हजार ६ सय डलर औसत ऋण लिँदा कोलोराडो, क्यालिफोर्निया, फ्लोरिड आदिमा ७ हजार ४ सय मात्र लिएको देखिएको छ ।

यसरी न्यू जर्सीका बासिन्दाले औसत भन्दा २४ प्रतिशत ऋण लिँदा मिसिसिपीका मानिसहरूले भने ५ हजार १८६ डलर औसतमा ऋण खाएको अध्ययनमा देखिएको हो ।