शीर्षकहरू

भारतसँगको व्यापारमा अमेरिकालाई चीनले उछिन्यो

भारतसँगको व्यापारमा अमेरिकालाई चीनले उछिन्यो

एजेन्सी । भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र भएको देश हो । अहिलेसम्म व्यापार साझेदारीका हिसाबले अमेरिका सबैभन्दा ठूलो साझेदार बनेको छ । तर, आर्थिक वर्ष २०२३/२४ मा भने यो तस्विर पूर्ण रूपमा बदलिएको छ । वास्तवमा गत वर्ष अमेरिका होइन चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । आर्थिक थिंक ट्याङ्क जीटीआरआईका अनुसार दुई देशबीच ११८.४ अर्ब डलरको व्यापार भएको छ भने यस मामिलामा अमेरिका दोस्रो नम्बरमा छ ।

जीटीआरआईले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा भारत र चीनबीच ११८.४ अर्ब डलरको आयात–निर्यात भएको छ । यसमा गत आर्थिक वर्षमा भारतको चीनतर्फको निर्यात वार्षिक आधारमा ८.७ प्रतिशतले बढेर १६ अर्ब ६७ करोड डलर पुगेको छ । चीनमा निकासी हुने वस्तुको सूचीमा सबैभन्दा बढी फलाम छ । जुन अर्ब डलरको स्तरमा पुगेको छ । चीनतर्फ निकासी हुने वस्तुको सूची हेर्दा फलाम, सुती धागो, कपडा र मेडअप, ह्यान्डलूम, मसला, फलफूल तथा तरकारी, प्लाष्टिक र लिनोलियम सबैभन्दा बढी पर्छन् ।

रिपोर्टका अनुसार चीनबाट भारतको आयातको कुरा गर्ने हो भने त्यो पनि बढेको छ । आर्थिक वर्ष २०२३/२४ मा चीनबाट भारतको वस्तु आयात ३.२४ प्रतिशतले बढेर १०१.७ अर्ब डलरको स्तरमा पुगेको छ । चीनबाट भारत आउने सामानमा मुख्यतया इलेक्ट्रोनिक सामान, आणविक रिएक्टर, बॉयलर, अर्गानिक केमिकल, प्लाष्टिकका सामान, मल, अटोमोबाइलका सामान, रासायनिक उत्पादन, फलाम तथा स्टिल, फलाम तथा स्टिलका सामान र आल्मुनियम रहेका छन ।

आर्थिक थिंक ट्याङ्क जीटीआरआईको तथ्यांकअनुसार भारत र चीनबीचको व्यापार ११८.४ अर्ब डलर रहेको छ भने आर्थिक वर्ष २०२३/२४ मा चीनबाट भारतको आयात ३.२४ प्रतिशतले बढेर १०१.७ अर्ब डलर पुगेको छ । चीनबाट भारत आउने सामानमा मुख्यतया इलेक्ट्रोनिक सामान, आणविक रिएक्टर, बॉयलर, अर्गानिक केमिकल, प्लाष्टिकका सामान, मल, सवारीसाधनसँग सम्बन्धित सामान, रासायनिक उत्पादन, फलाम तथा स्टिल, फलाम तथा स्टिलका सामान र आल्मुनियम रहेका छन्। 

आर्थिक थिंक ट्याङ्क जीटीआरआईको तथ्यांकअनुसार भारत र चीनबीचको व्यापार ११८.४ अर्ब डलर रहेको छ भने आर्थिक वर्ष २०२३/२४ मा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार ११८.३ अर्ब डलर भएको छ । यो तथ्यांकसँगै अमेरिका पहिलो नम्बरमा छ दोस्रो स्थानमा झरेको छ । आर्थिक वर्ष २०२०÷२१ होस् वा आर्थिक वर्ष २०२२/२३, अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। गत आर्थिक वर्षमा भारतको अमेरिकातर्फको निर्यात १.३२ प्रतिशतले घटेर ७७.५ अर्ब डलर पुगेको थियो भने आयात झण्डै २० प्रतिशतले घटेर ४०.१ अर्ब डलर पुगेको थियो ।

 आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म भारतका शीर्ष १५ व्यापार साझेदारहरूबीचको व्यापारमा उल्लेखनीय परिवर्तन भएको छ। यसको असर आयात निर्यात दुवैमा देखिएको छ । यति मात्र होइन, व्यापार घाटा वा व्यापार अधिशेषको अवस्थामा पनि परिवर्तन देखिएको छ । यी पाँच वर्षमा चीनतर्फको निर्यातमा शून्य दशमलव ६ प्रतिशतले कमी आएको छ भने चीनबाट आयात बढेको छ जुन १६ अर्ब ७५ करोड डलरबाट घटेर १६ अर्ब ६६ करोड डलरमा झरेको छ ।

यसैबीच चीनबाट आयात ७० अर्ब ३२ करोड डलरबाट ४४.७ प्रतिशतले बढेर १०१ अर्ब ७५ करोड डलर पुगेको छ । जीटीआरआईका संस्थापक अजय श्रीवास्तवले आयातमा भएको यो वृद्धिका कारण व्यापार घाटा बढेको बताउँछन् । जुन सन् २०१८÷१९ मा ५३.५७ अर्ब डलरबाट बढेर २०२३÷२४ मा ८५.०९ अर्ब डलर पुगेको छ।