शीर्षकहरू

बीमा गरेको एक महिनामा पन्तको मृत्यु, चार करोड दाबी भुक्तानी

बीमा गरेको एक महिनामा पन्तको मृत्यु, चार करोड दाबी भुक्तानी

काठमाडौं । सामान्यतयाः मानिसहरूको बुझाइ के छ भने बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानीमा समस्या सिर्जना गर्छन् । तर, यो मान्यताको खण्डन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बुधवार चार करोडको भुक्तानी मार्फत गरेको छ ।  

कञ्चनपुरका हरि पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भयो ।  

मृतककी श्रीमती पारुदेवि पन्तलाई कम्पनीको नियम अनुसार बुधवार एक कार्यक्रमको आयोजना गरेर बीमा बापतको रकम चार करोडको चेक हस्तान्तरण गरिएको हो । बीमा भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, बीमा समितिको कार्यकारी निर्देशक राजु रमन पौडेल लगायतको उपस्थित रहेको थियो । 

बीमा रकम भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आम नागरिकमा बीमा रकम भुक्तानी गर्दैन भन्ने अविश्वास भएकोमा यसले त्यो अविश्वासलाई तोडेको बताए ।