शीर्षकहरू

चार कम्पनीको संस्थापक शेयर बिक्रीमा

चार कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । चार कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । सपोर्ट लघुवित्तको ५ हजार, मिथिला लघुवित्तको १० हजार, गोर्खाज फाइनान्सको २० हजार २२४ र कुमारी बैंकको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । 

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । सपोर्ट लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ५०० रूपैयाँ र मिथिला लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ६५५ रूपैयाँ तोकिएको छ । अन्य दुई कम्पनीको शेयरको मूल्य भने तोकिएको छैन । 

सम्बन्धित कम्पनीहरूको विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । गोर्खाज फाइनान्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय चारखालरोड, डिल्लीबजार, काठमाडौं, कुमारी बैंकको शेयर खरीदका लागि शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडांै वा केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

मिथिला लघुवित्तको केन्द्रीय कार्यालय ढल्केवर, धनुषा र सपोर्ट लघुवित्तको शेयर खरीदका लागि शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय टेकु, काठमाडौमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।