शीर्षकहरू

कामना सेवा विकास बैंकको करिब छ हजार कित्ता संस्थापक शेयर लिलामीमा

कामना सेवा विकास बैंकको करिब छ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।