शीर्षकहरू

कोरोनाकाे प्रकाेप कहिलेसम्म रहला ? हेराैं, ज्योतिष शास्त्र के भन्छ

कोरोनाकाे प्रकाेप कहिलेसम्म रहला ?  हेराैं,   ज्योतिष शास्त्र के भन्छ

जब सबैबाट आशा निरासामा बदलिन्छ तब अन्तिम आश भगवानको रहन्छ । द्रौपदी वस्त्र हरण हुने समयमा पनि कसैबाट सहयाेग नपाउने भएपछि द्रौपतिले अन्त्यमा भगवान कृष्णलाई नै स्मरण गरेकी थिइन् । आज बिश्वको अबस्था यस्तै छ ।

कोरोनाले बिश्वमा एस्तो ठूलो प्रकोप लिएको छ कि सबै धर्मका धर्म गुरुहरुमा एउटा बिज्ञानले औषधी निकाले हुन्थ्यो भन्ने आशा गरिरहेका छन् भने अर्को आश भगवानमा सुम्पिएका छन् ।

म आज तपाइँहरूलाई ज्योतिषीय दृष्टिकोण बाट पनि कोरोना (कोभिड १९)को प्रकोप कहिलेसम्म रहन सक्ला र यो कसरी नियन्त्रण हुन सक्छ भन्ने कुराको जानकारी दिन जादैँ छु । धेरैले व्यक्तिले मलाई कोरोनाको बिषयलाई लिएर प्रश्न गर्नु भएकाे छ ।, "यो कोरोना कैले शान्त होला ?" अनेक प्रश्न उठ्नाले मैले ज्योतिष शास्त्र एक पल्ट पल्टाँए । म जे जति भन्दैछु शास्त्रको आधारमा भन्दै छु ।

मेरो भनाइ १०० प्रतिशत नै सत्य हुन्छ चै म भन्दिन । केवल शास्त्रलाई आधार मानेर केही भन्न जाँदै छु ।

यो बर्ष चैत्र १७ देखी २०७७ असार १७ गतेसम्मको अबधीमा या त कोरोनाको सङ्क्रमण बिस्तारै हटेर जान सक्नेछ अथवा कोरोनाको भ्याक्सीनहरु परीक्षणमा सफल भै बिस्तारै बिश्वमा उपलब्ध हुन्छ जसले कोरोना रोकथाम गर्न मदत गर्नेछ ।

ग्रहाबस्था बिचार;

१, जब २०७६ साल पुष महिनामा मुल नक्षेत्रमा रहेको धनु राशिको सूर्यलाई ग्रहण लाग्यो तब कोरोना रोगले बिस्तार लियो । एक पल्ट ग्रहण लागेपछी उक्त ग्रहणको प्रभाव ६ देखी ७ महिना सम्म रहनेछ भन्ने बिश्वास ज्योतिषमा रहि आएको छ । अर्थात २०७६ पुष १० गते लागेको ग्रहणको असर २०७७ साल असार १० गते सम्म रहन सक्ने अनुमान छ ।

२, २०७६ माघ १० गते (दृक शिद्वान्त गणीत अनुसार) जब शनि देव मकरमा प्रवेश गर्नु भयो उक्त समयदेखि यो कोरोना रोग प्रचण्ड तरीकाले फैलीएको थियो ।

३, चैत्र १२ गते चैत्र शुक्ल प्रतिपदाको दिनमा जब संबत्सर फेरीन्छ तब २०७७ को राजामा बुध ग्रहले प्रवेश गर्छन् भने २०७७ साल बैसाख १ गते सूर्य ग्रह मेष राशीमा सर्ने हुनाले मन्त्रीको स्थान चन्द्रमाले लिने छन् । बुध बनस्पतिको कारक हुन् भने चन्द्रमा औषधि बिजको कारक ग्रह हुन् ।

४, चैत्र १७ गते बिहान ४:१० मा बृहस्पति ग्रह मकरमा प्रवेश गर्दै हुनुहुन्छ । जहाँ शनिलाई शान्त पार्नु हुन्छ र बृहस्पति २०७७ साल असार १७ गते पुनः आफ्नो धनु राशिमा आउनु हुनेछ ।

शास्त्रीय आधार ;

(i) बृहत् संहिता अनुसार, "सम्बत्सरको राजा शनी ग्रह हुँदा प्रजामा पीडा, दुर्भीक्षय तथा रोग फैलीयोस्" भनी उल्लेख छ । - दूर्भाग्यबस २०७६ सालमा संम्बत्सरमा राजा शनिनै बिराजमान हुनुहुन्छ र हाल कोरोना रोगको प्रचण्ड प्रकोप देखिएको छ ।

(ii) शिघ्रबोधमा उल्लेख छ, "जब धनु राशीमा ग्रहण लाग्छ तब जीवहरुमा माछा र घोडालाई समस्या हुनेछ भने वैद्य तथा वैश्यहरु (व्यापारीहरु)लाई पीडा पर्ने छ । मिथिला वाशीलाई पीडा पर्नेछ ।"

-हाल कोरोना रोगको कारणले गर्दा वैद्य र चिकित्सकहरुलाई औषधिहरु बनाउन वा पत्ता लगाउन निकै कष्ट भैराखेको छ भने बिमारीहरुको एकाएक हस्पिटलमा घुँइचो लाग्न थालेपछि डाक्टरहरुलाई पनि चेक जाँच गर्न समय पर्याप्त नभएकोले तथा उनिहरुले पनि आराम नपाएकोले समस्या नै भएको परीस्थीती देखीन्छ । यो एक प्रकारको वैद्यलाई र डाक्टरलाई पीडा नै हो ।

- कोरोनाको कारण अन्तरास्ट्रिय व्यापार व्यवसाय राम्रोरी फस्टाउन सकेको छैन जसको कारण व्यापारीहरूलाई पनि चिन्तित बनाएको देखीन्छ ।

- मिथिलावाशी भनेको हालको नेपालको धनुषा जिल्लाको जनकपुरधाम हो । शास्त्रीको दृष्टिकोणबाट जनकपुरमा बस्ने मानिसहरूमा कुनै प्रकोप वा अशुभ पीडा पर्ने सङ्केत भने देखिएको छ ।

अब निर्णय;

(i) २०७६ साल चैत्र १२ गते बुधबार जब सम्बत्सरको राजा फेरीन्छ साथै चैत्र १७ गते बृहस्पतिले शनिको प्रकोपलाई शान्ति गर्न मकर मा प्रवेश गर्नु हुन्छ र पुनः २०७७ असार १७ मा फर्केर आफ्नै धनु राशीमा आउनु हुनेछ ।

२०७७ साल बैसाख १ गते चन्द्रमा मन्त्रीको स्थानमा बस्नु हुनेछ । चन्द्रमा र बुध क्रमशस् औषधि र वनस्पतिको कारक पनि हुन् । त्यसैले यो बर्ष चैत्र १७ देखी २०७७ असार १७ गतेसम्मको अबधीमा या त कोरोनाको सङ्क्रमण बिस्तारै हटेर जान सक्नेछ अथवा कोरोनाको भ्याक्सीनहरु परीक्षणमा सफल भै बिस्तारै बिश्वमा उपलब्ध हुन्छ जसले कोरोना रोकथाम गर्न मदत गर्नेछ ।

विश्व सङ्कटको घडिमा छ । हाम्रो देशमा कोरोना लागेको छैन, हाम्रो देशमा कोरोना लाग्दैन भन्ने कुरा धेरै फैलीएको पनि छ । यसो भन्नु भन्दा सजक हुनु राम्रो हुन्छ । लाग्दैन भनेर कसैले १०० प्रतिशत् दावी गर्न सकिँदैन । लागेपछी ज्यानलाई जोखीममा पार्नु भन्दा आफू सुरुमै सजक हुनु राम्रो हुनेछ । (यहा प्रस्तुत विचार लेखकका निजी विचार हुन )

सबैको समय शुभ रहोस् ।

[email protected]