शीर्षकहरू

कुमारी बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर

कुमारी बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले यी शेयर बिक्री खुला गरेको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।  

इच्छुक खरिदकर्ताहरूले जेठ १८ गते अपरान्ह १ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २० गते विहान ११ बज खोलिने कार्यक्रम समेत तय भइसकेको छ । यो शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।