शीर्षकहरू

एक महिनामै पाथीभराबाट ६९ लाखभन्दा बढी भेटी संकलन

एक महिनामै पाथीभराबाट ६९ लाखभन्दा बढी भेटी संकलन

फुङ्लिङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ ।

वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।