शीर्षकहरू

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ  । 

यस सम्झौताले वाणिज्य  बैंक, बीमा क्षेत्र  लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिएको जनाइएको छ ।