शीर्षकहरू

नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने

नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले जेठ १ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा बीमालेख नविकरण शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । 

कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्षभन्दा माथी ५ वर्षसम्म व्यतित बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथी व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने जानकारी दिएको हो । 

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीको भनाई छ । एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने जानकारी समेत कम्पनीले दिएको छ । यस परिमार्जित व्यवस्था जेठ १ गतेदेखि असार ६ गतेसम्म मात्र लागू हुनेछ ।