शीर्षकहरू

नेप्से दुई हजारको विन्दुमा, आज दुई अंकको वृद्धि

नेप्से दुई हजारको विन्दुमा, आज दुई अंकको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन ८.२६ अंकको सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि सुधार देखिएको छ ।

सोमबार नेप्से २४.३९ अंकले बढेर पुन: दुई हजारको विन्दुमा उक्लिएको छ । दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि केहीले बढेको छ । आज ३ अर्ब ४० करोड रुपैयाँको ९५ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १३ उपसमूहमध्ये फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारको परिसूचक घटेको छ भने बाँकी ८ उपसमूहको परिसूचक सकारात्मक देखिएको छ ।