शीर्षकहरू

अमेरिकी डलरको भाउ घट्दा अन्यको बढ्यो

अमेरिकी डलरको भाउ घट्दा अन्यको बढ्यो

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियमदर अनुसार आज एक अमेरिकी डलरको  खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा छ ।

हिजो अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो । 

अमेरिकी डलरको भाउ घटे पनि आज अस्ट्रेलियन डलर, युरोपियन युरो, बेलायती पाउन्ड, कुवेती दिनारसहित अन्य विदेशी मुद्राको भाउ भने बढेको छ ।

आजका लागि अस्ट्रलियन ढलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो खरिददर र बिक्रीदर क्रमश: ८८ रुपैयाँ १८ पैसा र  ८८ रुपैयाँ ५३ पैसा रहेको थियो ।

यस्तै युरोपियन युरो एकको खरिददर  १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा कायम भएको छ । हिजो युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो । 

यस्तै हिजो एक पाउन्डको खरिददर १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा रहेकोमा आज खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा पुगेको छ ।

कुवेती दिनारको मूल्य आज पनि बढेको छ । आज एक कुवेती दिनारको खरिद ४३३ रुपैयाँ ८७ पैसा र बिक्री ४३५ रुपैयाँ ८३ पैसामा भइरहेको छ । बुधबार एक कुवेती दिनारको खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा थियो। 

अन्य मुद्राको विनिमयदर