शीर्षकहरू

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सभामुख घिमिरे

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सभामुख घिमिरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बुधबार बिहान प्रधानमन्त्री र सभामुखबीच संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सहकारी प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिउँदे अधिवेशनदेखि संसद् अवरुद्ध गर्दै आएको कांग्रेसले वैशाख २८ गते बजेट अधिवेशन सुरु भएकै दिनदेखि संसद् अवरोध पार्दै आएको छ ।

मंगलबार दुवै सदनमा सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेस गर्न सहजीकरण गरेको कांग्रेसले त्यसलगत्तै विरोध गरेको थियो । प्रतिपक्षीको विरोधपछि स्थगित संसद् बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ ।