शीर्षकहरू

प्याकेज गरिएको खानामा राखिएको लेबलमा भ्रामक हुनसक्ने

प्याकेज गरिएको खानामा राखिएको लेबलमा भ्रामक हुनसक्ने

एजेन्सी । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएम)ले प्याकेज गरिएको खानामा राखिएको लेबलमा भ्रामक हुनसक्ने बताएको छ। स्वास्थ्य अनुसन्धान निकायले उपभोक्ताहरूले प्याकेज गरिएको खानामा दिइएका जानकारीलाई ध्यानपूर्वक पढ्न अनुरोध गरेको  छ । 

प्याकेजिङमा चिनी रहित भएको दाबी गर्ने धेरै उत्पादनहरूमा वास्तवमा उच्च मात्रामा फ्याट हुन सक्छ। जबकि प्याक गरिएको फलफूलको रसमा १० प्रतिशत फलफूलको पल्प मात्र हुन्छ।  प्याकेज गरिएको खानामा स्वास्थ्य दावीहरू उपभोक्ताहरूको ध्यान खिच्न र उत्पादन स्वस्थ छ भनी उनीहरूलाई बताउनको लागि मात्र डिजाइन गरिएको बताएको छ।

 फलफूलको जुसको प्याकेजिङमा केवल १० प्रतिशत मात्र फल रहेको बाँकी वास्तविक फल पल्प वा जुस नभएको हुने तर, प्रचार वा प्याकेजिङमा भने पुरा अनाज, अर्गानिक र चिनी रहित जस्ता दाबीहरू पनि भ्रामक रहेको जनाइएको छ । 

अप्रिलमा, वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई(कमर्स कम्पनीहरूलाई उनीहरूको वेबसाइट र प्लेटफर्मबाट ुहेल्थ ड्रिंक्सको श्रेणीबाट बोर्नभिटा लगायत सबै पेय पदार्थ हटाउन भनेको थियो। प्राधिकरणले कुनै पनि पेय पदार्थको बिक्री बढाउन हेल्थ ड्रिङ्क र इनर्जी ड्रिङ्कजस्ता शब्दको दुरुपयोग नगर्न पनि आग्रह गरेको थियो ।