शीर्षकहरू

राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी कम्पनी ई-नेट पेमेन्ट खारेज

राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी कम्पनी ई-नेट पेमेन्ट खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-नेट पेमेन्ट प्रालि खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रुपमा कार्य २०७६ फागुन २१ मा अनुमतिपत्र पाएको ई-नेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेकाले खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्स्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएका बताइएको छ ।

यदि उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न भनिएको छ ।