शीर्षकहरू

सहकारी मर्जरका लागि सरकारले प्रोत्साहन गर्ने

सहकारी मर्जरका लागि सरकारले प्रोत्साहन गर्ने

काठमाडौं । सरकारले सहकारी मर्जरका लागि प्रोत्साहन गर्ने जनाएको छ । मंगलबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । 

उनले भने, ‘सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गरिने व्यवस्था मिलाइनेछ । बचत तथा ऋण सहकारीलाई एक आपसका गाभिन प्रोत्साहन गरिनेछ ।’ 

त्यस्तै, सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण मार्फत सहकारीको बचत तथा लगानी सुरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

सहकारी संस्थाहरू स्थापनाको उद्देश्य अनुरूप सञ्चालन हुनु पर्ने व्यवस्था मिलाइने र सहकारी नीतिलाई समयानुकूल बनाइने भएको छ । सहकारी नियमनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गरिने सरकारले कार्यक्रममा समेटेको छ ।