शीर्षकहरू

सरकारले अनाश्यक पूर्वाधार खारेज गर्ने घोषणा

सरकारले अनाश्यक पूर्वाधार खारेज गर्ने घोषणा

काठमाडौं । सरकारले वर्षौदेखि नेता विच्छेका आयोजना ठक्का लगाउने प्रचनलका कारण थुप्प्रेका आयोजनाहरु खारेज गर्ने निर्णय गरेको छ । सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन प्रस्ताव गरेको हो ।

तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै समयमा निर्माण नसकिएका र शुरु नै नभइ खराब आयोजनाका रुपमा लिष्टिङ भएका आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको छ ।

त्यस्तै, विकास आयोजना अनुगमन र मूल्यांकनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा पन गरिएको छ । साथै, खरिद कानुन पुनरावलोकन गर्ने प्रस्ताव पनि गरिएको छ । सरकारका खरिद इकाइको संस्थागत क्षमता वृद्धि गरिने योजना पनि घोषणा गरिएको छ ।