शीर्षकहरू

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादर महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका छन्‌।

कार्यालय समय शुरु हुनासाथ आइतबार गृह र सुरक्षा प्रशासनका अधिकारीहरूलाई आफ्नो कार्यकक्षमै बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा महरा लगायतमाथि कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएको हो।

गत चैत १ गते विद्युती चुरोट (भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा महराको संलग्नता देखिने प्रमाण सार्वजनिक भएका थिए।

सुन तस्करीमा अनुसन्धानकर्ता नै मुछिए, ठूलो माछालाई समेत कारबाही गर्न सिफारिस

महरालाई सुन अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो। तर प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारी साछी बनाउँदै आफ्नो पार्टीका उपाध्यक्ष महरालाई उन्मुक्ति दिएका थिए। सोही प्रकरणमा महरापुत्र राहुल महरा पुर्पक्षका लागि हाल जेलमा छन्‌।

गृहमन्त्री लामिछानेले समितिको सिफारिस बमोजिम महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायत संलग्न देखिएका सबैलाई कारबाही प्रकृया थाल्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।