शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टीतेलमा १ रुपैयाँले  मूल्य घटाएको छ । यो मूल्य आज राती १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।  

त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर ३७ डलरले घटाएको निगमले जनाएको छ । त्यस्तै, खाना पकाउने ग्यास प्रति सिलिण्डर ३५रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि निगमले साविककै मूल्यमा विक्रि वितरण गर्ने जनाएको छ ।