शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ डिजेलमट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा डिजेल र मट्टितेलको मूल्य  घटाएको हो ।हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत छ । 

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । त्यस्तै, इण्डियन आयल कपोरेशनबाट आज  नया खरिरद मू्ल्य आएकाले निगमले नेपालमा विक्री गरिने मूल्य पनि समायोजन गरेको जनाएको छ ।