शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १ लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । शुक्रवार कम्पनीले दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सिटिसिमल सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधित्रि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।