शीर्षकहरू

नाईमा शोमा देखिए करोड माथिका ८ गाडीः टोयोटाको मूल्य पौने ४ करोड, अन्यको कति ?

नाईमा शोमा देखिए करोड माथिका ८ गाडीः टोयोटाको मूल्य पौने ४ करोड, अन्यको कति ?

काठमाडौं । साउन २१ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको नाइमा अटोमोबाईल एक्सपोमा पौने ४ करोड सम्मका गाडीहरु देख्न पाइन्छ । उक्त शोमा विभिन्न ८ वटा ब्राण्डले एक करोड भन्दा बढी मूल्यका गाडीहरु प्रदर्शनीमा राखेका छन् । जसमध्ये सबैभन्दा महँगो गाडी टोयोटाको रहेको छ। साे गाडीकाे मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ। 

एक करोड रुपैयाँ भन्दा धेरै मूल्यका गाडी प्रदर्शनीमा राख्ने ब्राण्डहरुमा म्याक्सस, मज्दा, टोयोटा, मित्सुबिशीे, प्युजो, हुण्डाई, किया र ग्रेटवाल रहेका छन् । 

उक्त गाडीहरुका मूल्य र विशेषताहरु यसप्रकार छन् :

म्याक्ससको मीफा ७ एमपीभी

म्याक्सस ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी हिमालय मोट्रक्सले नाइमा एक्सपोको अवसर पारेर बुधबार म्याक्सस मीफा ७ एमपीभी ईभी सार्वजनिक गरेको छ । यो चाइनिज गाडी हो ।

नेपालका लागि यो गाडी प्रिमियम सेग्मेण्टमा पर्दछ । अटो एक्सपो भरि मीफा ७ एमपीभी ईभी बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ छुट दिँने कम्पनीले जनाएको छ । सो गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ । नाइमाको अवसरमा १ करोड १५ लाखमा सो गाडी किन्न पाइन्छ । 

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको उक्त गाडीले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । सो गाडीले एक पटक फुल चार गर्दा ६३५ किमी सम्मको गुड्छ । १८० किलोवाटको मोटर रहेको छ । जसले ३५० एनएम टर्क उत्पादन गर्दछ । सो गाडीको ब्याट्रीमा ८ वर्ष वा दुई लाख किमी र ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी रहेको छ ।

nullमाज्दाको सीएक्स ५ एडब्लुडी

जापानिज ब्राण्ड माज्दाको सीएक्स ५ एडब्लुडी गाडी नाइमा मोबिलिटी शोमा राखिएको छ । यो गाडी नेपालमा पारामाउन्ट मोटर्सले ल्याएको हो । 

यो गाडीको मूल्य १ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ । तर, नाइमा अटो शोको अवसरमार १ करोड २५ लाख रुपैयाँमा सो गाडी खरिद गर्न सकिने छ । 

सो गाडीमा २.५ लिटर ईनलाईन ४ डीओएचसी स्क्याटीभ पेट्रोल इनजीन रहेको छ, जसले २५२ एनएम टर्क उत्पादन गर्दछ । ५८ लिटरको इन्धन ट्यांकी रहेको सो गाडीको लम्बाई ४ हजार ५५० मिमि र चौडाई १ हजार ८४० मिमि, ग्राउन्ड क्लियरेन्स २०० मिमि र ब्यागेज स्पेस ५०६ लिटरको रहेको छ । 

null

टोयोटाको ल्याण्ड क्रुजर २५०

टोयोटाको ल्याण्ड क्रुजर २५० गाडी नाइमा मोबिलिटी एक्सपोको सबैभन्दा महँगो गाडी हो । यो जापनिज ब्राण्डको गाडीको हो । नेपालमा वैद्य ग्रुप अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिण्डीकेटले यो गाडी आयात तथा बिक्री गर्दै आएको छ । 

यो गाडीमा ३.५ लिटर भी६ ट्विन टर्बाे इन्जीन रहेको छ, जसले ६५० एनएम टर्क उत्पादन गर्दछ । ५ हजार मिमि लम्बाई र १ हजार ९८० मिमि चौडाई रहेको सो गाडीको उचाई १ हजार ९५० मिमि रहेको छ । व्हीलबेस २ हजार ८५० मिमि र ग्राउण्ड क्लियरेन्स २४० मिमिको रहेको छ । 

प्रि कोलिजन सेन्सर, लेन ट्रेसिंग असिस्ट, अडाष्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पर्ट मोनिटरिंग, अटोमेटिक हाई बीम कन्टोल र रियर क्रुस ट्राफिक अलर्ट यसका मूख्य सूरक्षा फिचर्सहरु हुन् । यो गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ । 

nullमित्सुबिशीको पजेरो स्पोर्ट

भिक्टोरी मोटर्स नेपाल प्रालिले मित्सुबिशीको पजेरो स्पोर्ट गाडी नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शनीमा राखेको छ । सो गाडीमा २.४ लिटर मिभेस टर्बाे जिडेल इनजीन रहेको छ, जसले ४३० एनएम टर्क उत्पादन गर्दछ ।

६८ लिटरको इन्धन ट्यांकी रहेको यो गाडीमा सुपर सेलेक्ट आईआई ४डब्लुडी ड्राइब प्रणाली रहेको छ । ७ जनासम्म बस्न मिल्छ भने ८ इनचको टचस्क्रीन डिस्प्ले रहेको छ । 

ग्राउण्ड क्लियरेन्स २१५ मिमि, ४एच र ४एचएलसी अफरोड मोडहरु रहेको छ । गाडीमा लेजरको सिट रहेको छ । यस गाडीको मूल्य २ करोड १४ लाख तोकिएको छ ।

nullप्युजो ३००८ 

प्युजो ब्राण्डको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी सांग्रिला मोटर्सले प्युजो ३००८ नाइमा मोबिलिटी शोमा प्रदर्शन गरेको छ । यो एसयूभी कार एक महँगो गाडी हो । 

यो १.२ लिटर पियोरटेक टर्बाेचज्र्ड पेट्रोल इनजीन हो । जसले १३० हर्स पावर उत्पादन गर्दछ । यो गाडीमा ८ सिटर क्षमता रहेको छ भने ५३ लिटरको इन्धन ट्यांकी रहेको छ । 

४ हजार ५४२ मिमि लम्बाई, १ हजार ८९५ मिमि चौडाई र १ हजार ६४१ मिमि उचाई रहेको यो गाडीको व्हीलबेस २.७४ मिमि रहेको छ । २१ इनचको डिजिटल डिस्प्ले रहेको सो गाडीमा एलईडी लाइटस्, ३डी नेभिगेशन रहेको छ । 

नेपालमा यो गाडीको मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ । तर, नाइमा एक्सपोभर यो गाडी १ करोड ५० लाख रुपैयाँमा खरिद गर्न सकिन्छ । 

null

ह्युण्डाईको आइओेनिक ५

ह्युण्डाई ब्राण्डको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले आईओनिक ५ ईभी नाइमा मोबिलिटी शोमा प्रदर्शनी गरेको छ । सो मोडलको १२५ किलोवाट मोटर क्षमता भएको आईओनिक ५ प्रदर्शनीमा राखेको छ ।

जसले ३५० एनएम टर्क उत्पादन गर्दछ । ५८ किलोवाट लिथियम आयन ब्याट्री भएका सो गाडीको रेन्ज ३७५ किलोमिटर रहेको छ । १०.५ किलोवाटको अनबोर्ड चार्जर रहेको छ, जसले ७ घण्टामा फुल चार्ज गर्दछ । सो गाडीमा ५२७ लिटर बुट स्पेस रहेको छ, त्यस स्पेसलाई बढाएर १ हजार ५८७ लिटरको बनाउँन पनि सकिन्छ । 

इन्टेरियरमा प्रिमियम मटेरियल, १२.३ इन्चको इन्फोटेनमेन्ट र डिजिटल डिस्प्ले, एम्बियन्ट लाइटिङ, र पानोरामिक सनरूफ उपलब्ध रहेको सो गाडीको मूल्य १ करोड ७ लाख रुपैयाँ रहेको छ । जसको ग्राउण्ड क्लियरेन्स १६० मिमि रहेको छ । 

nullकिया ईभी९ 

कियाको ब्राण्डको ईभी९ नाइमा मोबिलिटी एक्सपोमा देख्न सकिन्छ । कन्टिनन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि कियाको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी हो ।

जसमा ७६.१ किलोवाटको ब्याट्री रहेको छ भने १६० किलोवाटका मोटर रहेको छ । सो गाडीले ३५० एनएम टर्क उत्पादन गर्दछ भने नेपालमा ४४३ किलोमिटर रेन्ज दिन्छ ।

११ घण्टामा फुल चार्ज हुने सो गाडीमा ३३३ लिटरको स्पेश रहेको छ । जसलाई २ हजार ३९३ लिटरसम्म बनाउँन सकिन्छ । ग्राउण्ड क्लियरेन्स १७८ मिमि, उचाई ५ मिटर तथा व्हीलबेस ३.१ मिमि रहेको सो गाडीको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । 

nullग्रेटवाल मोटर्सको ट्यांक ५००

नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी भीजी इम्पेक्स प्रालीले ट्यांक ५०० मोडलको हाइब्रीड गाडी प्रदर्शनीमा राखेको छ । 

जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । ५ हजार ७८ मिमि लम्बाई रहेको सो गाडीको चौडाई १ हजार ९३४ मिमि, उचाई १ हजार ९०५ मिमि, ग्राउण्ड क्लियरेन्स २२४ मिमि र व्हीलबेस २ हजार ८५० मिमि रहेको छ । 

२ लिटर टर्बो पेट्रोल, ४ सिलिण्डर इन्जीन रहेको सो गाडीमा ७५ किलोवाटको ईलेक्ट्रिक मोटर रहेको छ । जहाँ पेट्रोल इनजीनले ३८० एनएम टर्क उत्पादन गर्दा ईलेक्ट्रिक मोटरले २६८ एनएम टर्क उत्पादन गर्छ । समग्रहमा गाडीको हाइब्रीड इन्जीनले ६४८ एनएम टर्क उत्पादन गर्दछ । ७५ लिटरको इन्धन ट्यांकी रहेको सो गाडीले १२ किलोमिटर रेन्ज दिन्छ । ७ सिटर सो गाडीमा ९८ लिटरको स्पेश रहेको छ । ​​

nullयो पनि पढ्नुहोस