शीर्षकहरू

हिमालयन लाइफको व्यवस्थापन पक्षका अभिकर्ताद्धारा पत्रकारमाथि हातपात, अभिकर्ता पाख्रिनले खोसिन् क्यामरा र मोबाइल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन पक्षका अभिकर्ताहरुले आर्थिक न्यूजका पत्रकार माथि हातपात गरेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर्दै धर्ना बसेका अभिकर्ता र कम्पनी सञ्चालक बीच भएको वार्ताको विषयमा समाचार संकलन गर्न जाँदा पत्रकार मुना कुँवर र श्याम गौरो माथि व्यवस्थापन पक्षमा रहेका अभिकर्ताले हातपात गरेका हुन्।

शुक्रबार आन्दोलत अभिकर्ता र कम्पनीका सञ्चालक बीच वार्ता भएको थियो । वार्ता सफल नभएपछि अभिकर्ताहरु कम्पनी परिसर भित्र नै बसी नाराबाजी गरी रहेका थिए । अभिकर्ताहरुको नाराबाजी भै रहेको भिडियो खिच्ने क्रममा व्यवस्थापन समूहकी एजेन्सी म्यानेजर सानुमाया प्राखिनले आर्थिक न्यूज डक कमका फोटो पत्रकार श्याम गौरो माथि दुर्व्यहार गरेकी थिइन् । उनले कसको अनुमतीमा समाचार संकलन गरेको हो भन्दै पत्रकार गौरोको क्यामरा माथि हातपात गरेकी थिइन् । आन्दोलन कम्पनीको आन्तरिक विषय भएकोले समाचार बनाउन नपाइने भन्दै उनले दुरव्र्व्यवहार गरेकी थिइन् ।

त्यस्तै, उनले पत्रकार मुना कुँवर माथि पनि हातपात गरेकी थिइन् । परिसर भित्र भएको घटनाको फोटो खिचेको भन्दै उनले हातपात गरी मोबाइल खोसेर फालेकी हुन् । उनले आफुहरुले मिडिया नबोलाएको भन्दै समाचार संकलन गर्न नपाइने भन्दै हातपात गरेकी थिइन् ।

कम्पनीकी एजेन्सी म्यानेजर सानुमाया प्राखिन लालबन्दी हुन् । विगत तीन दिन देखि आन्दोलनमा रहेका अभिकर्ताका अनुसार उनले व्यवस्थापन पक्षकी अभिकर्ता हुन् । व्यवस्थापन पक्षको प्रलोभनमा परेकी उनले आन्दोलनमा रहेका अभिकर्ताहरुलाई समेत दुर्व्यवहार गरेकी थिइन् । पाख्रिन साबिक गुराँश लाइफमा अभिकर्ता थिइन् । यस्तै, अभिकर्ता बसन्त कुमार शाहले पनि पत्रकारलाई दुव्र्व्यवहार गरेका थिए ।

हिमालयन लाइफमा ३७ हजार अभिकर्ता छन् । कम्पनीले बिमितलाई दिइने बोनसदर प्रति हजार ५० रुपैयाँ हुनुपर्ने भन्दै अभिकर्ताहरु धर्ना बसेका छन् । तर, पाख्रिन र शाह लगायतका चाररपाँच जना अभिकर्ताले भने धर्ना बसेका अभिकर्ताको विरोध गरेका छन् ।