शीर्षकहरू

घोराही सिमेन्टले पनि बुझायो बक्यौता महसुलको पहिलो किस्ता, उद्योगमा जोडियो विद्युत

घोराही सिमेन्टले पनि बुझायो बक्यौता महसुलको पहिलो किस्ता, उद्योगमा जोडियो विद्युत

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले ट्रङ्क तथा डेडिकेटेड लाइनको महसुल बक्यौता बापतको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणमा बुझाएको छ । महसुल बुझाएसँगै प्राधिकरणले उद्योगमा काटिएको विद्युत लाइन पुनः जोडेको छ ।

घोराही सिमेन्टले पहिलो किस्ताबापत १ करोड ८१ लाख भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार, सो उद्योगले कूल ५० करोड ८५ लाख महसुल भुक्तानी गर्न बाँकी थियो ।

तोकिएको अवधिमा बक्यौता रकम नबुझाएपछि प्राधिकरणले उक्त उद्योगको विद्युत लाइन काटेको थियो । महसुलको पहिलो किस्ता बुझाएसँगै उद्योगमा लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।