शीर्षकहरू

नबिल बैंकमा एउटै कम्पनीको लगानी ३९ प्रतिशत बढी, राष्ट्रिय बीमा कम्पनी तेस्रो ठूलो शेयरधनी

नबिल बैंकमा एउटै कम्पनीको लगानी ३९ प्रतिशत बढी, राष्ट्रिय बीमा कम्पनी तेस्रो ठूलो शेयरधनी

काठमाडौं । नबिल बैंकमा एउटै कम्पनीको शेयर स्वामित्व ३९.४४ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक विवरण अनुसार आयरल्याण्डको कम्पनी एनबी इन्टरनेशनल लिमिटेडको शेयर स्वामित्व ३९.४४ प्रतिशत रहेको हो ।

ताकि वाणिज्य बैंकमा कुनै पनि व्यक्ति, संस्था, कम्पनी तथा एकाघरको परिवारको शेयर स्वामित्व १५ प्रतिशत बढी कायम गर्न नपाइने कानूनी प्रावधान रहेको छ । यस्तो प्रावधान भएपनि आयरल्याण्डको उक्त कम्पनीको स्वामित्व ३९.४४ प्रतिशत रहेको छ । 

यसैगरी, बंगलादेशको आईएफआईसी बैंक पीएलसीको शेयर स्वामित्व ७.७७ प्रतिशत रहेको छ भने राष्ट्रिय बीमा कम्पनीको शेयर स्वामित्व ७.६३ प्रतिशत रहेको छ । 

स्वदेशी कम्पनीमा राष्ट्रिय बीमाको स्वामित्व रहेको छ । त्यसैगरी, निर्वाण कुमार चौधरीको ०.७० र वरुण चौधरीको ०.६७ प्रतिशत स्वामित्व रहेको छ । 

इता, भारतको मुथुट फाइनान्सको स्वामित्व ०.४४, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्वामित्व ०.२६ र एमएडब्ल्यु इन्टरनेशनल प्रालिको स्वामित्व ०.२२ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।