काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ठूला शेयरधनीहरुको संख्या १४ रहेको छ । जसमा सबैभन्दा ठूलो शेयरधनी राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार राष्ट्रिय बीमा कम्पनीको स्वामित्व ६.७३ प्रतिशत रहेको छ । कम्पनीको लगानी रकम २ अर्ब २९ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस बैंकमा राष्ट्रिय जीवन बीमा कम्पनीको पनि लगानी रहेको छ । जीवन बीमा कम्पनीका स्वामित्व ०.६४ प्रतिशत रहेको छ । जसको लगानी रकम २१ करोड ७९ लाख ५३ हजार रुपैयाँ हुन जान्छ ।
दोस्रो ठूलो सेयरधनीमा महालक्ष्मी इन्भेस्टमेन्ट रहेको छ । जसको ३.९६ प्रतिशत स्वामित्व तथा १ अर्ब ३५ करोड १७ लाख ५६ हजार रुपैयाँ लगानी रकम रहेको छ । छायाँ इन्भेष्टमेन्टको ३.६८ प्रतिशत स्वामित्व तथा १ अर्ब २५ करोड ६० लाख ६३ हजार रुपैयाँ लगानी, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत स्वामित्व तथा १ अर्ब १९ करोड ६२ लाख ४१ हजार रुपैयाँ लगानी, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत स्वामित्व तथा १ अर्ब १३ करोड ६४ लाख ६८ हजार रुपैयाँ लगानी रकम रहेको छ ।
त्यसैगरी, सिटिजन इन्भेष्टमेन्टको १.३२ प्रतिशत स्वामित्व तथा ४४ करोड ९६ लाख ३६ हजार रुपैयाँ लगानी रकम, अन्नपूर्ण इन्भेष्टमेन्ट, सूर्य इनोसिस र प्रेस्टाईन इन्भेष्टमेन्टको समान ०.७४.०७४ प्रतिशत स्वामित्व तथा २५ करोड ११ लाख ७० हजार रुपैयाँका दरले लगानी भएको छ । यस्तै, लोटस इन्भेष्टमेन्टको ७० प्रतिशत स्वामित्व तथा २३ करोड ९२ लाख ५२ हजार रुपैयाँ लगानी, मर्केन्टाईल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सिट सिटिजन युनिट स्कीमको ०.५६ प्रतिशत स्वामित्व रहको छ ।
बैंकले चालु आर्थिक वर्ष २०८२/०८२ को पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जसको प्रति शेयर नेटवर्थ १९६ रुपैयाँ रहेको छ भने ईपीएस ०.५ रुपैयाँ रहेको छ । प्रति शेयर खुद सम्पत्ति १ हजार ७१० रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज