काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा तीन वाणिज्य बैंकले लगानी गरेका छन् । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार सानिमा बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंकले लगानी गरेका छन् । उक्त तीन बैँकसहित कम्पनीको ठूला लगानीकर्ताको संख्या १२ रहेको छ ।
जसमा सबैभन्दा धेरै स्वामित्व सानिमा बैँकसँग रहेको छ । सानीमाले कम्पनीको ५.३५ प्रतिशत स्वामित्व होल्ड गरेको छ । सानीमासँग २६ लाख ८३ हजार कित्ता शेयर रहेको छ । यसैगरी, ५.२६ प्रतिशत स्वामित्व होल्ड गरेको सिद्धार्थसँग २६ लाख ३९ हजार कित्ता शेयर रहेको छ । माछापुच्छ्रे भने कम्पनीको ९औँ ठूलो शेयरधनी हो । जोसँग १.४५ प्रतिशत स्वामित्व र ७ लाख २७ हजार ५०० कित्ता शेयर रहेको छ ।
साबिक सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भएर सानिमा रिलायन्स बनेको हो । साबिक सानिमा लाइफ सानिमा बैंकको साहायक कम्पनी थियो भने साबिक रिलायन्स लाइफ सिद्धार्थ बैंकको सहायक कम्पनी थियो ।
एनआरएनएका पूर्व अध्यक्ष समेत रहेका जीवा नाथ लामिछाने कम्पनीको तेस्रो ठूलो शेयरधनी रहेका छन् । कम्पनीमा उनको ४.४९ प्रतिशत स्वामित्व तथा २४ लाख ६१ हजार ५५७ कित्ता शेयर रहेको छ भने घनश्याम थापासँग २.४७ प्रतिशत स्वामित्व तथा १२ लाख ३८ हजार कित्ता शेयर रहेको छ ।
त्यसैगरी, अग्नि होल्डिङसँग २.३९ प्रतिशत स्वामित्व तथा ११ लाख ९८ हजार ५९३ कित्ता शेयर, बिनय कुमार श्रेष्ठसँग २.३६ प्रतिशत स्वामित्व तथा ११ लाख ८२ हजार कित्ता शेयर, शाम्बा लामा र अरुण कुमार ओझासँग समान १.७२।१.७२ प्रतिशत स्वामित्व तथा ८ लाख ६१ हजार कित्ता शेयर र प्रभु गोएकांसँग १.३९ प्रतिशत तथा ६ लाख ९९ हजार ४१४ कित्ता शेयर रहेको छ ।
यसैगरी, खेमराज लामिछानेसँग १.२० प्रतिशत स्वामित्व तथा ६ लाख ३ हजार ७९७ कित्ता शेयर र सोनम ग्याट्सोसँग १.०९ प्रतिशत स्वामित्व तथा ५ लाख ४६ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जसको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो १.४६ प्रतिशत कायम छ ।
कम्पनीले २३ अर्ब ७९ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । चालु आवको ३ महिनामा कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ११.९३ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११०.५७ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ५५१.८० रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज

