शीर्षकहरू

सेफेस्ट ईभी जीली ईएक्स फाइभ : ठोक्किँन लाग्दा अटो ब्रेक, स्पीट लिमिट डिड्यक्टर

सेफेस्ट ईभी जीली ईएक्स फाइभ : ठोक्किँन लाग्दा अटो ब्रेक, स्पीट लिमिट डिड्यक्टर

काठमाडौं। नेपालमा विद्युतीय गाडीको संख्या बढ्दै गएसँगै यसमा भएको सुरक्षाको विषमा विभिन्न टिक्का टिप्पणी हुन थालेको छ । नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा पनि ईभी गाडीलाई लिएर केही नकारात्मक भाष्य सृजना गर्न खोजिएको छ ।

कतै ईभी गाडी दुर्घटना भयो भने ईभी भएकै कारण दुर्घटना भएको हो भन्ने भाष्य निर्माण गरिएको छ । कतै ईभी गाडीमा आगलागी भयो भने पनि सो भनाई दोहोर्याउने चलन बढेको छ । बजारमा सबै ओरिजिनल र परिपक्क गाडी हुन्छन् भन्ने पनि हुँदैन । कुनै-कुनै कमसल ईभी गाडीहरुका कारण पनि मानिसहरूमा त्यो भ्रम श्रृजना भएको हुनसक्छन् ।

ईभीमा पनि आईस इनजन गाडीभन्दा राम्रो सेफ्टी भएका र सुरक्षित गाडिहरु बजारमा आइसकेका छन् । आईस इनजीनका गाडीलाई टक्कर दिने सेफ्टी फिचर भएका ईभीहरु नेलामा पनि भित्रिएका छन् । त्यसको ज्वलन्त उदाहरणका लागि हामी जीली ग्यालेक्सी ईएक्स फाइभ ईभी गाडीलाई पनि लिन सकिन्छ । जुन विश्वकै मोस्ट सेफेस्ट ईभीको रुपमा दर्ज भएको छ । यो गाडी नेपालमा एलआरआर मोटर्सले आयात र विक्री वितरण गर्दै आएको छ । null जीली ग्यालेक्सी ईएक्स फाइभले यूरोप एनक्याप र एशियन एनक्यापबाट सेफेस्ट ईभीको रुपमा ५ स्टार रेटिङ पनि पाइसकेको । एलआरआर मोटर्सका प्रबन्ध निर्देशक अधिर श्रेष्ठले जानकारी दिए । 

एनक्याप ५ स्टार रेटिङको सबै टेस्ट पास 

उक्त ५ स्टार रेटिङ दिनुअघि गाडीको विभिन्न आयामबाट परीक्षण गरिन्छ । अगाडीबाट गाडी ठोक्किँदा यात्रु र चालक कति सुरक्षित छन् ? त्यसैगरी, पछाडि र साइडबाट ठोक्किँदा कति सुरक्षित छन् भनेर पनि टेस्ट गरिन्छ ।
यसका साथै गाडी सिधै खम्बामा ठोक्किँदा साइड एयरब्यागले कत्तिको काम गर्छ ? गाडीको अगाडि बस्ने ठूला मानिसको सुरक्षाको अवस्था के छ ? बच्चाको टाउको र घाँटीमा सुरक्षा छ कि छैन ? गाडीले पैदल यात्रुलाई ठक्कर दिइँदा बम्परले कति चोट पुर्‍याउँछ ? आदिको बारेमा टेस्ट गरिन्छ ।

nullयसरी टेस्ट गर्दा जीली ग्यालेक्सी ईएक्स फाइभ ईभी अन्य गाडीको तुलनामा धेरै सेफेस्ट गाडी रहेकाले ५ स्टार रेटिङ पाएकाे प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछन् । उनका अनुसार ५ स्टार पाउनुको अर्थ गाडी धेरै सुरक्षित छ भन्नु हो ।​​​​​​​

एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस लेभल टू)

एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टमले गाडीलाई लेनमा नै राख्ने काम गर्दछ । यदि गाडी दायाँ-बायाँ जान खोज्यो अलर्ट गराउने, स्टेरिङमा भाइब्रेट गराउने काम एडीएएस लेभल टू सिस्टमले गर्दछ ।

यस्तै, ईएक्स फाइभमा रहेको प्रि कोलजन एसिस्टले गाडी अगाडि ठक्कर हुन लाग्यो भने पहिला नै अलर्ट गराउँछ । त्यति मात्रै होइन उक्त सिस्टमले गाडीलाई अटोमेटिक ब्रेक लगाइदिन्छ । जसले गर्दा गाडी ठोक्किनबाट बच्दछ । 

गाडीमा भएको स्मार्ट रिमाइन्डर फिचरर्सले स्पिड लिमिट भएको क्षेत्रमा गाडी प्रवेश गर्दा अलराम बज्नमा सहयाेग गर्छ । अर्थात् कुनै क्षेत्रमा ६० किलोमिटर प्रति घन्टा लिमिट राखिएको छ । र गाडी ६० भन्दा बढीमा आइरहेको छ भने सो क्षेत्रमा प्रवेश गर्नु अघि नै अलराम बज्छ । र, गाडीको स्पिड घटाउन सकिन्छ । 

null

सिट बेल्ट नलगाई गाडी चल्दै-चल्दैन 

चालकले कारण बस सिट बेल्ट लगाउन भुल्यो भने गाडी अगाडि नै बढ्दैन । स्टार्ट हुन्छ तर अघि बढ्दैन । फेरि सिट बेल्ट लगाएपछि मात्र अगाडि बढ्छ । 

nullसर्ट ब्लेट ब्याट्री

यस गाडीमा भएको सर्ट ब्लेट ब्याट्री रहेको छ । जसको आयु ५० वर्ष रहेको कम्पनीले दाबी गरेको छ । जीली गाडी उत्पादन गर्ने कम्पनी जीली अटो ग्रुप आफैले नै ब्याट्री उत्पादन गर्ने भएकाले यो गाडीमा भएको ब्याट्री विश्वास योग्य र सुरक्षित रहेको छ । 

यो ब्याट्रीलाई विभिन्न चरणमा टेस्ट गरेको हुन्छ । यसैगरी, ८ पटक रडको तिखोले घोचेर पनि ब्याट्रीलाई टेस्ट गरिन्छ । जसलाई नेल पेनिट्रेशन भनिन्छ ।

यसरी टेस्ट गर्दा कुनै पनि समस्या नदेखिएपछि मात्रै कम्पनीले ब्याट्रीलाई गाडीमा जडान गर्दछ । ताकि अन्य ईभीहरुको ब्याट्री एक पटक मात्रै रडले खोचेर टेस्ट गरिन्छ ।