काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने ठूला शेयरधनीको संख्या १९ रहेको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सो भन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनीको संख्या १९ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै औम चाबोभिरो फीड इन्डस्ट्रीज प्रालिको ७.५३ प्रतिशत स्वामित्व तथा ३७ लाख ७३ हजार ४२४ कित्ता शेयर रहेको छ । यसैगरी, रोशन केसीको ५.५२ प्रतिशत स्वामित्व तथा २७ लाख ६७ हजार कित्ता शेयर, बबिता कुमारी अग्रवाल कायलको ४.६५ प्रतिशत स्वामित्व तथा २३ लाख ३० हजार ४०३ कित्ता शेयर रहेको छ ।
त्यसैगरी, कालिका इन्भेस्टमेन्ट एण्ड म्यानेजमेन्ट र सुशीला मित्तलको समान २.८३/२.८३ प्रतिशत स्वामित्व तथा १४ लाख १५ हजार कित्ता शेयर, बागमती इंक प्रालि र किरण केसीको २.२०/२.२० प्रतिशत स्वामित्व तथा समान ११ लाख ५८२ कित्ता शेयर, किरण केसीको २.०१ प्रतिशत स्वामित्व तथा १० लाख ६ हजार कित्ता शेयर, कवि कुमार तिबेरवाल, स्कीओन होल्डिङ्ग कमपनी प्रालि र श्री कृष्ण स्टील इन्डस्ट्रीजको १.२६/।१.२६ प्रतिशत स्वामित्व तथा समान ६ लाख २९ हजार कित्ता शेयर रहेको छ ।
![]() |
सानिमा रिलायन्स लाइफमा ३ वाणिज्य बैंकको लगानी, यी हुन् १२ ठूला शेयरधनी |
यस्तै, कुसुम देवी केयलको १.१३ प्रतिशत स्वामित्व तथा ५ लाख ६६ हजार कित्ता शेयर, विश्वप्रकाश गौतम, निरज कुमार तोडी, पवन कुमार खेतान, राजेश कुमार अग्रवाल, रुबी अग्रवाल पोद्दार, शशी कुमार तिबेरवाला र सौरभ अग्रवालको समान १/१ प्रतिशत स्वामित्व तथा ५ लाख ३१ हजार कित्ता शेयर रहेको छ ।
आर्थिकन्यूज

