काठमाडौं । प्रभु बैंकका ठूला शेयरधनीको संख्या १२ रहेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार ०.५ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनीको संख्या १२ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै स्वामित्व एशियन लाइफ इन्स्योरेन्स कम्पनीसँग रहेको छ । एशियन लाइफसँग बैंकको १ करोड ३२ लाख ४४ हजार ८३१ कित्ता शेयर तथा ५.६३ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, गौरव अग्रवालसँग ६३ लाख ७९ हजार २१२ कित्ता शेयर तथा २.७१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
कर्मचारी सञ्चय कोषसँग ५९ लाख ५१ हजार ८२७ कित्ता शेयर तथा २.५३ प्रतिशत स्वामित्व, प्रभु ग्रुप प्रालिसँग २३ लाख ५४ हजार कित्ता शेयर तथा ०.९९ प्रतिशत स्वामित्व, मिजस भट्टचनसँग १८ लाख ९३ हजार ६३२ कित्ता शेयर तथा ०.८० प्रतिशत स्वामित्व, सुदीप आचार्यसँग १४ लाख १९ हजार कित्ता शेयर तथा ०.६० प्रतिशत स्वामित्व, ज्यानु श्रेष्ठसँग १३ लाख ५५ हजार ४१४ कित्ता शेयर तथा ०.५८ प्रतिशत स्वामित्व र राजेन्द्र भट्टचनसँग १३ लाख ५० हजार ४८६ कित्ता शेयर तथा ०.५७ प्रतिशत स्वामित्व छ भने स्वरूप गुरुङसँग पनि राजेन्द्र भट्टचनको बराबर नै शेयर र स्वामित्व रहेको छ ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट प्रालिसँग १३ लाख २९ हजार ३०० कित्ता शेयर तथा ०.५२ प्रतिशत स्वामित्व, शिवम् सिमेन्ट लिमिटेडसँग ११ लाख ९२ हजार ८०० कित्ता शेयर तथा ०.५१ प्रतिशत स्वामित्व र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग ११ लाख ८० हजार ८७२ कित्ता शेयर तथा ०.५० प्रतिशत स्वामित्व रहेको छ ।
आर्थिकन्यूज

