शीर्षकहरू

नेशनल लाइफको १० ठूला शेयरधनीमा २ वटा वाणिज्य बैंक, कसको शेयर कति ?

नेशनल लाइफको १० ठूला शेयरधनीमा २ वटा वाणिज्य बैंक, कसको शेयर कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १० रहेको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा बढी स्वामित्व कायम रहेका शेयरधनीको संख्या १० रहेको छ । 

जसमा २ वटा वाणिज्य बैंक रहेका छन् । विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक कम्पनीको दोस्रो ठूलो शेयरधनी हो भने नेपाल इन्भेस्टेमेन्ट मेगा बैंक चौथो ठूलो शेयरधनी हो । कम्पनीको राष्ट्रिय वाणिज्य बैंकको १०.१२ प्रतिशत स्वामित्व अर्थात् ५५ लाख ३७ हजार ६२४ कित्ता शेयर रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगाको २६ लाख ८ हजार ६४३ कित्ता शेयर रहेको छ । जसको स्वामित्व ४.७७ प्रतिशत छ । 

बैंकको सबैभन्दा ठूलो शेयरधनी भने सिद्धेश्वर कुमार सिंह हुन् । उनको १०.२४ प्रतिशत स्वामित्व अर्थात् ५६ लाख १ हजार ३७४ कित्ता शेयर रहेको छ । यसैगरी, रन बहादुर शाह तेस्रो ठूलो शेयरधनी हुन् । जसको ५.४४ प्रतिशत स्वामित्व तथा २९ लाख ७६ हजार ३३१ कित्ता शेयर रहेको छ । यसैगरी, रिता मल्लको ४.०४ प्रतिशत स्वामित्व तथा २२ लाख १० हजार कित्ता शेयर, प्रेमा प्रसाद रिमालको २.५३ प्रतिशत स्वामित्व तथा १३ लाख ८६ हजार कित्ता शेयर र ईश्वरी प्रसाद रिमालको २.०५ प्रतिशत स्वामित्व तथा ११ लाख २१ हजार ६५२ कित्ता शेयर रहेको छ ।

त्यसैगरी, श्लीक्वाट लिमिटेडको १.३३ प्रतिशत, राजीव बिक्रम शाहको १.४८ र जय राज्य लक्ष्मी शाहको १.११ प्रतिशत शेयर स्वामित्व रहेको छ ।  

null