शीर्षकहरू

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले फागुन ११ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान साढे १० बजे सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ २४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।