शीर्षकहरू

नविनतम प्रविधि सहित आक्रमक बजारीकरण रणनीति तय गर्दै राष्ट्रिय बीमा कम्पनी  (अन्तर्वार्ता)

नविनतम प्रविधि सहित आक्रमक बजारीकरण रणनीति तय गर्दै राष्ट्रिय बीमा कम्पनी  (अन्तर्वार्ता)

काठमाडौं । सरकारको स्वामित्वप्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमा प्रशासन, अण्डरराईटिड, दावी र हाल बजार व्यवस्थापन विभागमा कार्य गर्दै आएका व्यक्ती हुन देवराज घिमिरे । उनै घिमिरेसँग बीमा क्षेत्रका विभिन्न अवयवकासाथै विशेषत कम्पनीको बजारीकरण रणनीतिका विषयमा आर्थिक न्यूजले कुराकानी गरेको छ । कम्पनीका व्यवस्थापक घिमिरेको विचार, अनुभव र भविष्यका योजनाह?का बारेमा गरिएको कुराकानीको संपादित अंश यसप्रकार छ ।

राष्ट्रिय बीमा कम्पनीले बजारीकरणका लागि कस्तो रणनीति अपनाउँदै छ ?

नेपालको सरकारी प्रयासबाट वि.सं. २०२४ साल फागुन ११ गतेदेखी बीमा व्यवसाय शु? गर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । विभिन्न आरोह अवरोह पार गर्दै ५८ वर्षसम्म सफलताकासाथ बीमा व्यवसायबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जेठो सरकारी कम्पनी भएको कारणले नेपाली बजारमा यसको ख्याती अत्याधिक रहेको पाउछौं र ग्राहकहरुका बिचमा विश्वसनिय कम्पनीका रुपमा उदाएको यस कम्पनीले काठमाडौंदेखी डोटी, बझाङसम्म आफ्नो सेवा विस्तार गर्दै बीमाको सेवा ग्राहकवर्गमा पुर्याउन सफल रहेको छ । 

हाल केन्द्रिय कार्यालय देखी शाखा ,उपशाखा र सम्पर्क कार्यालय गरि देशका ३४ स्थानबाट २०० जनाभन्दा बढी कर्मचारीहरु द्धारा नेपाली बजारमा  सहजताकासाथ सेवा प्रदान गर्दै आएको छ । यस कम्पनी नेपाली बजारमा स्थापित कम्पनी भएको कारण यसका प्रोडक्टहरु, यसका रणनीतिका विषयमा आमजनसमुदाय सुशुचित नै हुनुहुन्छ तथापी आगामी दिनमा यस कम्पनीले अझ परिस्कृत रुपमा आफ्ना  बजारिकरण रणनीतिह? अवलम्वन गरि ग्राहकवर्गलाई छिटो, छरितो, सहजरुपमा सेवा प्रदान गर्न दत्तचित्तकासाथ अगाडी बढ्ने प्रयासहरु जारी राखेकै छ ।

कुनै पनि व्यावसायिक कम्पनीको बजारिकण रणनीति ग्राहककेन्द्रित नै हुने गर्दछ ,त्यस्तै राष्ट्रिय बीमा कम्पनीको  बजारीकरण रणनीति पनि ग्राहककेन्द्रित नै रहेको छ, ग्राहकको समस्या, जिज्ञासा, उत्सुकतालाई केन्द्रविन्दुमा राखेर ग्राहकलाई झण्झटरहित छिटो छरितो सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढी भन्दा बढी ग्राहक कम्पनीप्रति आकर्षीत गराउने रणनीति यस कम्पनीको रहेको छ । 

कम्पनीले ग्राहक पहिला भन्दै ग्राहकलाई छिटो, छरितो, सहज, किफायती सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढीभन्दा बढी बीमा व्यवसाय गर्दै कम्पनीको व्यवसाय विस्तार गर्ने, नाफा कमाउने र यसका स्टेकहोल्डरलाई बढीभन्दा बढी लाभांश प्रदान गर्दै बजारमा अब्बल कम्पनीमा दर्ज हुने नीति लिएको छ । 

अहिलेको डिजिटल यूगमा कम्पनीले पनि उच्चस्तरिय नविनतम प्रविधि कम्पनीमा भित्र्याउदै प्रविधिमैत्री आधुनिक सफ्टवेयरबाट छिटो, छरितो र सहज सेवा ग्राहकवर्गलाई प्रदान गर्ने नीति लिएको छ । बजारीकरण रणनीति अन्तर्गत संभावित ग्राहक पहिचान गर्ने, उहांहरुलाई वीमा सम्वन्धि सचेतना प्रदान गर्ने र उहांहरुलाई वीमाका फाइदाहरु बताउदै ग्राहक बनाउने र ग्राहक बनाइसकेपछि बिक्रीपछि दिइने सेवाहरु जस्तै, नविकरण गर्न समयमै  सुचित गर्ने, दावी पर्दा सहयोग गर्ने, बीमाका समय समय परिवर्तन हुने नीतिनियमका विषयमा आफ्ना ग्राहकहरुलाई समयमा नै सुसुचित गर्ने र यि सम्पूर्ण कार्य गर्न डिजिटलाईजेसन प्रविधिको प्रयोग गरिने तयारी छ । प्रतिस्पर्धी कम्पनीको रणनीतिहरुलाई सुुक्ष्म अध्ययन गर्ने, अनुसन्धान गर्ने र उनिहरुको भन्दा गुणस्तरिय सेवा प्रदान गर्ने रणनीति कम्पनीको रहेको छ । 

ग्राहकको चाहना बमोजिमका प्रोडक्टहरु पहिचान गरि, अनुसन्धान गरि ,नयां प्रोडक्ट बजारमा भित्राउने लक्ष्य कम्पनीको रहेको छ । विभिन्न प्रवद्र्धनका उपायहरु अवलम्वन गर्दै ग्राहकलाई बीमाका विषयमा सचेतना प्रदान गर्दै  राष्ट्रका दुरदराजका जनमानसमा बीमाको सेवा प्रदान गर्ने नीति लिएको छ । कम्पनीले डोटी, बझाङ, हुम्ला, जूम्ला, कालिकोट, डोल्पा र सुगमठाउंका सक्षम अभिकर्ताहरुलाई तालिम प्रदान गर्दै २०० जना भन्दा बढी अभिकर्ताहरुबाट जनतालाई सचेतना दिई कम्पनीको प्रोडक्ट बिक्री गर्दै आएको र अझ बढी स्थानहरुमा अभिकर्ता तालिम संचालन गर्दै बढी भन्दा बढी स्थानमा कम्पनीको उपस्थिती जनाउने नीति लिएको छ । कम्पनीका हाल भएका अभिकर्ताहरुलाई पनि सुुधारिएको बीमा नीति–नियम, निर्देशन, ऐन, नियमावली, प्रोडक्टहरुका विषयमा समय समयमा पुर्नताजगी तालिम आयोजना गरि अभिकर्ताहरुको निर्णय  क्षमता अभिवृद्धी गर्ने नीति कम्पनीले लिएको छ । 

यसका अलावा कम्पनीले  डिजिटल भुक्तानी सेवामार्फत ग्राहकलाई बीमा गर्ने, दावी भुक्तानी गर्ने जस्ता सेवा प्रस्तुत गर्ने नीति पनि लिएकाले अबका दिनमा ग्राहकहरुले घरबाट नै वीमाका सवै सेवा सुविधा पाउने व्यवस्था कम्पनीले गर्ने नीति लिएको छ । यसरी कम्पनीले नविनतम प्रविधीकासाथ आक्रमक बजारीकरण गर्ने रणनीति तय गरेको छ  ।

मार्केटिङमा सञ्चारको महत्व के कस्तो रहेको छ ?

अहिलेको यूग सूचना तथा सञ्चार प्रविधिको यूग हो । विश्वका सम्पूर्ण राष्ट्रहरुले यो प्रविधीको प्रयोग बाट सहजताकासाथ विकास निर्माणका कार्य गर्दै आएका छन् । अहिलेका विकसित राष्ट्रहरुको त सूचना तथा सञ्चार रक्तसंचार जस्तै रहेको छ । सूचना तथा सञ्चार प्रविधिका कारण विश्वनै ग्लोवल भिलेजका रुपमा रहेकोले संसारका हरेक कुनामा भएका परिवर्तन, विकास, अनुसन्धान, आविष्कारहरु मात्र एक क्लिकमा थाहा पाउनुका  साथै देशविदेशमा रहेका आफ्ना साथीभाई,इष्टमित्रहरुसंग सजिलै कुराकानी,साक्षात्कार हुने भएकाले विछोडिएको जस्तै अनुभवनै नहुने सूचना तथा सञ्चारको विकासले नै सम्भव भएको हो । 

त्यसैले सबै क्षेत्रमा यसको प्रयोगबाट निश्चित उपलव्धिहरु हासिल भईरहेकोले मार्केटिङमा पनि यसको महत्व अझ बढी रहेको छ  । विश्व बजारमा भएका वस्तु विकासहरु हामिहरुले सञ्चारको माध्यमबाट नै थाहा पाउछौ र त्यो वस्तु उत्पादन देखी वजारमा स्थापित गर्नलाई, विभिन्न वितरणका माध्यमहरुबाट उपभोक्तामाझ वस्तु पुर्याउन र ग्राहकहरुबाट त्यो वस्तुका बारेमा प्रतिक्रिया प्राप्त गर्न सूचना तथा सञ्चारको नै अधिकतम प्रयोग हुने हुनाले बजारीकरणमा सञ्चारको महत्व अत्यधिक रहेको छ ।

बजारमा ग्राहकको चाहना,आवश्यकता के छ भनेर अध्ययन, अनुसन्धान गर्न सूचना तथा सञ्चारकै माध्यम प्रयोग गरिने र बस्तु्को प्रवद्र्धन, विज्ञापन पनि यसै माध्यमवाट मात्र सम्भव हुने हुनाले मार्केटिड।मा सञ्चारको महत्व अधिक रहेको छ । तपाइको कम्पनी को नाम के हो ? कम्पनीले कस्तो व्यावसायिक कार्य गर्छ,यसको पूँजी कति छ,कम्पनीका राम्रा पक्षहरु के के हुन ,कस्ता कस्ता प्रोडक्टहरु छन्, कर्मचारीहरु कति सक्षम,कतिजना कर्मचारी कार्यरत छन् ,कम्पनी कहां अवस्थित छ । कम्पनीका प्रोडक्टहरु कहां कहां पाइन्छन्, कम्पनीका प्रोडक्टहरुका विशेषताहरु के के छन आदी कुराहरु सञ्चारको माध्यम जस्तै रेडियो ,टिभी, म्यागजिन ,पत्र पत्रिका अनलाइन मिडिया, मेल, कम्पनीको वेभ साइट, मोवाइल ,फोन, हुलाक, कुरीयर आदीबाट जनमानसले थाहा पाउने र  यि माध्यमहरुबाट नै कम्पनीले पनि आफ्नो व्यवसायका विषयमा जनमानसमा जानकारी दिने हुनाले मार्केटिड।मा सञ्चारको महत्व धेरै नै रहेको छ । 

नेपाली उखान अनुसार “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन” भने झै जुन कम्पनीले सूचना तथा सञ्चारका माध्यमबाट धेरै भन्दा धेरै विज्ञापन गरेका छन त्यही कम्पनीको व्यवसाय राम्रो हुदैं गएका छन, बजारमा ग्राहकहरुविच परिचित छन र आफ्ना प्रोडक्टहरु बढी भन्दा बढी व्यापार गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले त झन वीमालेखरुपी कागजको व्यवसाय गर्ने हुनाले सूचना तथा सञ्चारको सहयोगमा आफ्ना प्रोडक्टहरु जनमानसमा परिचित गराउने, संभावित ग्राहक पहिचान गर्ने,जनमानसमा बीमा सम्वन्धि ज्ञान, चेतना फैलाउने ,ग्राहक बनाउने, बीमालेखका सफ्टकपीहरु वाट्सअप, भाइवर, मेसेन्जर, इमेल आदी संञ्चारका माध्यमवाट ग्राहकहरु समक्ष पुर्याउने,दावी भुक्तानी पनि डिजिटल प्रविधिबाट गर्ने र ग्राहकका जिज्ञासा, उत्सु्कता, समस्या, प्रतिक्रिया पनि सञ्चारकै माध्यमबाट प्राप्त गर्ने हुनाले अहिलेको प्रतिस्पर्धात्मक वातावरणमा कम्पनीको  व्यवसाय माथी उठाउन सञ्चारको धेरै नै महत्व रहेको छ । अहिलेको विश्वका हरेक क्षेत्रमा सूचना तथा सञ्चार धेरै शक्तिशाली साधन बनेको छ, त्यस्तै मार्केटिङमा  पनि सूचना तथा सञ्चारको भूमिका धेरै नै महत्वपूर्ण रहेको पाउंछु ।

तपाईको अनुभवमा नेपालको मार्केटिङ रणनीतिको क्षेत्र कस्तो पाउनु भएको छ ?

मार्केटिङ कुनै पनि व्यावसायिक संस्थाको प्रगतिको आधार हो । उचित र आवश्यकता अनुरुप मार्केटिङ गरेमा कम्पनीको व्यवसायमा आशातित सफलता प्राप्त गर्दै कम्पनी वजारमा स्थापित हुन्छ । त्यसकारण मार्केटिङले कम्पनीको उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा व्यावसायिक संस्थाहरुले मार्केटिङ र यसका रणनीतिहरुलाई उचित रुपमा प्रयोगमा ल्याएको खासै पाइदैन । मार्केटिङ रणनीतिको क्षेत्र वामे सर्ने अवस्थामा छ । मार्केटिङ र  यसका रणनीतिहरुप्रति संस्थाहरु त्यती गम्भिर छन जस्तो मलाई लाग्दैन । मार्केटिङको क्षेत्र धेरै विशाल र प्रचुर संभावनायुक्त क्षेत्र हो । वस्तुका अध्ययन,अनुसन्धान, आविष्कारदेखी ,ग्राहकको व्यवहार, चाहना बुझ्ने र वस्तुलाई वजारमा स्थापित गर्ने र विक्रि वितरण गर्ने ,विक्रीपछिको सेवा दिने ग्राहकका प्रतिक्रिया लिने आदी कार्य मार्केटिड। र यसका तय रणनीतिहरुले गर्ने भएकोले यसको भूमिका अत्यधिक रहेको छ तर नेपालका केही संस्थाहरु बाहेक प्रायःजसो संस्थाहरुले यसलाई पूरापूर अवलम्वन गरेको पाइदैन । सूचना प्रविधिको आधार देशमा बन्दै गएको छ , सूचना प्रविधि र मार्केटिङ रणनीतिका बिच अन्योन्याश्रित सम्वन्ध हुने भएकोले विस्तारै यसको प्रयोग हुने आशा गर्न सकिन्छ ।  

भनिन्छ ,नेपाल दुईढुंगाबिचको त?ल तर नेपालले अहिलेसम्म कुनै राम्रो प्रोडक्ट आविष्कार गरि भारत तथा चीनमा निर्यात गर्न सकेको छैन । नेपालले वा नेपालका व्यावसायिक संस्थाहरुले भारत,चीनमा ग्राहकको चाहना, आवश्यकता, व्यवहार आदी अनुसन्धान गरेका छन जस्तो मलाई लाग्दैन यसैले प्रचुर संभावना र ठूलो जनसंख्या भएको मूलुकमा हामिले केही नयां बस्तु निर्यात गर्न सकेका छैनौ । भएका वस्तुहरु पनि उचित रणनीतिका अभावका कारण बजारीकरण गर्न सकिरहेका छैनौ । वीमा क्षेत्रमा पनि उचित मार्केटिङ रणनीतिका अभावका कारण पूरापूर बजारीकरण नभएको कारण ५६ प्रतिशत वीमा व्यवसायलाई समाहित गर्न सकिएको छैन । नेपालका दुरदराजका कृषकले वीमा सम्वन्धि सचेतनाका अभावका कारण यसवाट लाभान्वित हुन सकेका छैनन् । त्यसैले नेपालको मार्केटिड। रणनीतिलाई प्रणालीगत रुपमा परिचालन गरि सवै क्षेत्रमा यसलाई चलायमान गराउन आवश्यक रहेको छ ।

मार्केटिङ रणनीतिमा सुधार गर्नुपर्ने वा नयाँ आयाम दिन सकिने कुराहरु के के  छन्  भन्ने ठान्नु हुन्छ ?

माथी नै केही कुराहरुमा मैले आफ्नो विचार व्यक्त गरे । त्यसैगरी नेपालका प्रायःजसो संस्थाहरुले गम्भिररुपमा मार्केटिड। र यसका रणनीतिहरुलाई कागजमा मात्रै होइन व्यवहारमा लागू गर्नुपर्छ । प्रत्येक संस्थाले प्रोडक्ट अनुसन्धान विकास विभाग स्थापना गरि मार्केटिङ विभागसंग सामञ्जस्यता ल्याई कार्य गर्नु पर्दछ । नेपाल एक विकासोन्मुख मूलुक भएकोले अवसर र चुनौती दुवै यहां रहेको छ । चुनौतीलाई आत्मसाथ गर्दै अवसरलाई पहिल्याउने हो भने संस्थाको उन्नति अवस्यभावी छ । हुन त मार्केटिङ र यसका रणनीतिहरु तय गर्दा केही खर्चिलो त हुन्छ नै तर भोलि हेरेर आज निर्णय गर्दा अवश्य नै संस्थाको विकास हुन्छ । कम्पनीको बजेटमा नै मार्केटिङको लागि उचित व्यवस्थापन गरियो भने मार्केटिङ र रणनीतिको लागि खर्चको अभाव नहुन सक्छ त्यसैले व्यावसायिक संस्थाले मार्केटिङका लागि राम्रो वजेट व्यवस्थापन गर्नु पर्दछ ताकी देशका कुनाकाप्चामा समेत उचित रुपमा आफ्ना प्रोडक्टहरुका विषयमा स्तरियरुपमा  प्रचारप्रसार गर्न सकियोस ।

नेपालको सम्पूर्ण मार्केटको केवल ४४ प्रतिशतमात्र  वीमा व्यवसायमा समाहित छ र ५६ प्रतिशत मार्केट अझै पनि बाहिर छ त्यसैले संभावना वीमा क्षेत्रका लागि पनि प्रचुर रहेको छ ,यसका लागि उचित मार्केटिङ रणनीति लागू गर्दै यस क्षेत्रका लक्षित,संभावित ग्राहकहरु पहिचान गरि ,सचेतनाका माध्यमबाट बढी भन्दा बढी ग्राहक बनाउन ढिलो गर्नु हुन्न । नियमनकारी निकायहरुको नीति नियमहरु पालना गर्दै अगाडी बढ्ने हो भने वजारमा स्वस्थ प्रतिस्पर्धाबाट उपभोक्ताहरु लाभान्वित हुन्छन र कम्पनीका व्यवसायहरु पनि दिर्घकालसम्म अनवरत चलिरहन्छन् । 

नेपालमा विद्यालयहरुमा कक्षा ५ देखी नै  वीमा सम्वन्धि विषयको शिक्षा प्रदान गर्ने पाठ्यक्रम विकास गर्न  जरुरी देखिन्छ यसवाट निश्चय नै बीमा सचेतनामा वृद्धी भई  बीमा व्यवसायमा पनि  सकारात्मक असर पर्दछ ।  विदेशी बीमा​​​​​​​ कम्पनीहरु नेपालमा क्रियाशिल भए जस्तै नेपालका बीमा कम्पनीहरुले पनि नेपाली श्रमिकहरु, विधार्थीहरु, उधोगपतिहरु बसोवास गर्ने  विभिन्न देशहरु जस्तैः भारत, कतार ,यूएई, कुवेत, जापान, द.कोरीया, अमेरिका र साउदी अरव जस्ता देशहरुमा सम्भाव्यता अध्ययन र रणनितिक मार्केटिड। गरि शाखा विस्तार गर्न जरुरी रहेको देखिन्छ । दावी भुक्तानी कार्य चुस्त दुरुस्त पार्ने,झण्झटिलो निर्देशिकालाई सहज पार्ने वातावरण वनाउने कार्य गरि ग्राहकको विश्वास जित्न आवश्यक देखिन्छ । 

व्यवसायको जोखिम अनुसारले बीमा शुल्क निर्धारण गरि बीमा गरिएमा बीमा कम्पनी र ग्राहक दुवैले लाभ प्राप्त गर्छन र व्यवसाय दिर्घकालसम्म अनवरत चलिरहनेछ । वीमाबाट कसरी लाभ लिन सकिन्छ ,कति बीमाशुल्क भुक्तानी गर्दा के के सुविधा पाइन्छ, कस्ता कस्ता जोखिमहरु भविष्यमा आउन सक्छन आदीका विषयमा ग्राहकले बुझ्ने गरि प्रसार गरियो भने वास्तवमै ग्राहकहरु वीमाप्रति आकर्षीत हुन्छन । जस्तै एउटा आवाशिय एक करोड मूल्य भएको घरको बीमा गर्दा करिव ५ हजार ५२९ रुपैयाँ एक वर्षको वीमाशुल्क लाग्दछ ,भूकम्पीय जोखिमको १० स्थानमा पर्ने नेपालमा घर बीमा गर्न जरुरी छ, सम्पूर्ण नोक्सानी भएमा सर्भेयरको प्रतिवेदन अनुसारले दावी भुक्तानी हुन्छ भनी संभावित ग्राहकलाई बुझाउदा पक्कै पनि ग्राहक बीमा गर्न तत्पर हुन्छन त्यसैले बीमा कम्पनीहरुले अव नयां ढंगको वजारीकरण रणनीति तय गरि वजारीकरण गर्न जरुरी रहेको मेरो अनुभव र बुझाइले  भन्छ ।