शीर्षकहरू

'यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो'

'यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो'

काठमाडौं ।  पवित नन्दा आनन्द ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभकी एसिया प्यासिफिक (एपीएसी) क्षेत्रका कम्युनिकेसन लीड हुन् । पब्लिक रिलेसन्स तथा कम्युनिकेसन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेकी उनले नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, र फिलिपिन्स लगायतका मुलुकहरूमा इनड्राइभको सुरुवात र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनै पवित नन्दा आनन्दसँग यात्रु र चालकको सुरक्षाका लागि इनड्राइभले अपनाएका उपायहरु तथा आपतकालिन व्यवस्था लगायतका बिषयमा गरिएको कुराकानी । 

सवारी (यात्रा) को क्रममा यात्रु र चालकको सुरक्षाका लागि इनड्राइभले के–कस्ता उपायहरू अपनाएको छ ?

इनड्राइभ सुरक्षालाई पहिलो प्राथमिकताका रूपमा लिन्छ । कुनै पनि प्रयोगकर्ताद्वारा गरिने आपत्तिजनक वा गैरकानूनी गतिविधिप्रति इनड्राइभको शून्य सहनशीलता नीति छ । विशेष गरी महिला प्रयोगकर्ताहरूका लागि सुरक्षित र सहज यात्रा अनुभव सुनिश्चित गर्नु इनड्राइभको प्रमुख उद्देश्य हो । प्रयोगकर्ताको हरेक यात्रालाई सुरक्षित बनाउन इनड्राइभले निम्न सुरक्षा सुविधाहरू प्रदान गरेको छ:

- सुरक्षा बटनः एपको मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमार्फत आपतकालीन अवस्थामा इनड्राइभ सपोर्ट, आफ्नो आपतकालीन सम्पर्क, प्रहरी वा एम्बुलेन्स सेवासँग तुरुन्तै सम्पर्क गर्न सकिन्छ ।

-ट्रस्टेड कन्ट्याक्टः प्रयोगकर्ताले आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने विश्वासिलो व्यक्तिको फोन नम्बर एपमा सेभ गर्न सक्छन् । यी नम्बरहरू सेवाका बेला वा कुनै पनि समयमा थप्न सकिन्छ ।

- राइड शेयर गर्ने सुविधाः यात्रु र चालक दुबैजनाले आफ्नो यात्रा सम्बन्धित जानकारी साथी वा परिवारसँग शेयर गर्न सक्छन्, जसबाट रूट, चालक वा यात्रुको विवरण तथा सवारी साधनको अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त गर्न सकिन्छ ।

- रेटिंग तथा फिडब्याक प्रणालीः इनड्राइभ एपमा चालक वा यात्रुको मूल्याङ्कन (रेटिंग) गर्ने सुविधा छ, जसले सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्न मद्दत गर्छ । कुनै समस्या परेमा प्रयोगकर्ताले इनड्राइभ सपोर्टसँग सम्पर्क गर्न सक्छन् ।

यी सुविधाहरूलाई एकीकृत गरी इनड्राइभले यात्रु तथा चालक दुवैलाई सुरक्षित र आत्मविश्वासका साथ सेवा प्रयोग गर्न सक्षम बनाएको छ ।

इनड्राइभले बीमा कभरेजका लागि कुनै स्थानीय बीमा कम्पनीहरूसँग साझेदारी गरेको छ ?

नेपाली प्रयोगकर्ताहरूलाई दुर्घटना बीमाको सुविधा प्रदान गर्न इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको छ । यो साझेदारीमार्फत इनड्राइभले यात्रु र चालकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्दै, दाबी प्रक्रियालाई छिटो, सहज र निर्वाध बनाएको छ । दुर्घटनाका पीडितहरूले अनावश्यक ढिलाइ बिना क्षतिपूर्ति प्राप्त गर्न सकून् भन्ने इनड्राइभको उद्देश्य हो ।

यस सहकार्यले सुरक्षा र सेवाको उच्च मापदण्ड कायम राख्न योगदान पुर्याउनुका साथै, प्रयोगकर्ताहरूको सुरक्षाप्रति इनड्राइभको प्रतिबद्धता झल्काउँछ । नेपालमा बढ्दो राइड हेलिंग क्षेत्रका लागि यस्तो पहल महत्वपूर्ण छ, जसले सेवा प्रदायक र प्रयोगकर्ताहरूबीचको विश्वास बढाउन मद्दत गर्छ । स्थापित बीमा कम्पनीसँगको सहकार्यले इनड्राइभलाई आफ्ना चालक र यात्रुहरूलाई आवश्यक सुरक्षा कभरेज प्रदान गर्न र नेपालको स्थानीय कानुनी व्यवस्थाको पालना गर्न सघाएको छ ।

इनड्राइभले यात्रु र चालकहरूका लागि कस्तो प्रकारको दुर्घटना बीमा कभरेज प्रदान गरेको छ ?

इनड्राइभले आफ्नो प्लेटफर्म मार्फत बुक गरिएका यात्राहरूको सुरक्षा सुनिश्चित गर्न दुर्घटना बीमा कभरेज उपलब्ध गराएको छ । यो कभरेजले दुर्घटनाका कारण हुने सम्भावित मृत्यु, स्थायी अशक्तता, र चिकित्सा खर्चको क्षतिपूर्ति प्रदान गर्दछ ।

-यात्रु वा चालकको मृत्यु वा स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइन्छ ।
-दुर्घटनाका कारण चिकित्सा उपचार आवश्यक परेमा, इनड्राइभले ८० हजार  सम्मको चिकित्सा खर्चको पुनःभुक्तानी (रिइम्बर्समेन्ट) प्रदान गर्छ ।
-नाबालिग यात्रुहरूका लागि बीमा रकमको ५०% क्षतिपूर्ति लागू हुनेछ ।

यो बीमा सुविधाले इनड्राइभप्रति प्रयोगकर्ताहरूको आत्मविश्वास र भरोसा बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । वित्तीय सुरक्षाको प्रत्याभूति दिएर, इनड्राइभले यात्रु र चालकहरूलाई सम्भावित जोखिमहरूको चिन्ता बिना सुरक्षित यात्राको वातावरण सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

इनड्राइभको दुर्घटना बीमामा सहभागी हुन र सुविधा प्राप्त गर्न आवश्यक मापदण्ड के हुन ?

इनड्राइभको प्लेटफर्ममा बुक गरिएका सबै यात्रु तथा चालकहरू स्वचालित रूपमा दुर्घटना बीमा कार्यक्रममा समावेश हुन्छन् ।

-इनड्राइभ एपमार्फत राइड बुक गरेपछि दुर्घटना बीमा स्वतः सक्रिय हुन्छ ।

-यो सुविधा केवल इनड्राइभ प्लेटफर्ममा बुक गरिएका राइडहरूमा मात्र लागु हुनेछ । चालक र यात्रुबीचको कुनै व्यक्तिगत वा अफलाइन राइडहरू यसअन्तर्गत पर्दैनन्।

-चालक र यात्रु दुवै आधिकारिक रूपमा इनड्राइभमा दर्ता भएको हुनुपर्छ ।
-बीमा दाबी गर्न यात्रुले इनड्राइभ एपमार्फत राइड बुक गरेको हुनुपर्छ र इनड्राइभको राइड नीतिको पालना गर्नुपर्छ ।

यस प्रणालीले अतिरिक्त कागजी कार्यको आवश्यकता बिना नै बीमा कभरेज प्रदान गर्ने भएकाले चालक तथा यात्रु दुवैलाई आर्थिक सुरक्षाको फाइदा सहज रूपमा प्राप्त हुन्छ ।
 

इनड्राइभले आपतकालीन अवस्थाहरू कसरी व्यवस्थापन गर्छ ? के एपमा एसओएस बटन वा आपतकालीन सम्पर्कको सुविधा छ ?

इनड्राइभमा आपतकालीन अवस्थाहरूका लागि विभिन्न सुरक्षा सुविधाहरू उपलब्ध छन् । तीमध्ये शिल्ड आइकनसहितको सेफ्टी बटन प्रमुख हो, जसले निम्न सेवाहरू प्रदान गर्छः


- तत्काल सहायताः कुनै आपतकालीन अवस्थामा यात्रुले सेफ्टी बटनमा ट्याप गरेर चौबिसै घण्टा उपलब्ध इनड्राइभ सपोर्ट टिमसँग सम्पर्क गर्न सक्छन् ।

-आपतकालीन सेवासँग सिधा सम्पर्कः प्रयोगकर्ताहरूले सेफ्टी बटनमार्फत प्रहरी, एम्बुलेन्स लगायत आवश्यक सेवासँग सिधा सम्पर्क गर्न सक्छन् ।

-विश्वसनीय सम्पर्कः यात्रु वा चालकले इनड्राइभ एपमा आफ्नो विश्वासपात्रको फोन नम्बर सेभ गर्न सक्छन्, जसले आपतकालीन अवस्थामा तिनीसँग तुरुन्त सम्पर्क गर्न सजिलो हुन्छ ।

यी सुविधाहरू इनड्राइभ प्रयोगकर्ताहरूलाई आवश्यक परेको बेला तुरुन्त सहायता उपलब्ध गराउन डिजाइन गरिएका हुन् । यस्ता आपतकालीन सुरक्षा उपायहरूले इनड्राइभको राइड–हेलिंग सेवामा अझ बढी विश्वास र भरोसा स्थापित गर्न मद्दत गर्छ ।

इनड्राइभमा चालकहरूको पृष्ठभूमि जाँच र प्रमाणीकरण प्रक्रिया कस्तो छ ?

राइड–हेलिङ सेवालाई सुरक्षित र भरपर्दो बनाउन, इनड्राइभले चालकहरूलाई आफ्नो प्लेटफर्ममा सूचीकृत गर्नुअघि विस्तृत प्रमाणीकरण प्रक्रिया अपनाउँछ । यस प्रक्रियामा निम्न चरणहरू समावेश छन् :

-पहिचान प्रमाणीकरण : चालकहरूले नेपाल सरकारद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), र अन्य आवश्यक व्यक्तिगत विवरणहरू पेश गर्नुपर्छ।

- चालक अनुमतिपत्र जाँच: इनड्राइभले सबै चालकहरूसँग वैध, अनुमतिप्राप्त, र आधिकारिक रूपमा स्वीकृत चालक इजाजतपत्र तथा अन्य कानुनी आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्छ।

- सवारी साधन निरीक्षण: चालकको सवारीसाधन राम्रो अवस्थामा छ वा छैन, सुरक्षा मापदण्डहरू पूरा भएको छ वा छैन, तथा आवश्यक आधिकारिक कागजातहरू अद्यावधिक छन् वा छैनन् भन्ने कुरा इनड्राइभले जाँच गर्छ।

-आपराधिक रेकर्ड जाँच : यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै, इनड्राइभले चालकहरूको आपराधिक पृष्ठभूमि जाँच गर्छ ताकि कुनै गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई सेवा सञ्चालन गर्न नदिइयोस्।

- निरन्तर अनुगमन : प्रारम्भिक स्वीकृतिपछि पनि इनड्राइभले यात्रुहरूको प्रतिक्रिया र राइड हिस्ट्रीका आधारमा चालकहरूको प्रदर्शन निगरानी गर्छ। अत्यधिक गुनासा वा नकारात्मक मूल्याङ्कन भएमा, आवश्यक कारबाही गरिन्छ, जसमा चालकलाई अस्थायी रूपमा निलम्बन गर्ने वा स्थायी रूपमा प्लेटफर्मबाट हटाउने निर्णयसमेत हुन सक्छ।

यी कडा प्रमाणीकरण प्रक्रियाहरूले इनड्राइभलाई उच्च सुरक्षासँगै भरपर्दो सेवा प्रदान गर्न सहयोग पुर्याउछ ।  साथै, यो प्रणालीले केवल योग्य, जिम्मेवार, र विश्वासिला चालकहरूलाई मात्र सेवा सञ्चालन गर्ने सुनिश्चित गर्दछ ।