शीर्षकहरू

सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गर्ने छ। 

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३७ करोड ९० लाख बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। कम्पनीले इलाममा ७.६ मेगावट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

त्यस्तै इलाम मै ५.२ मेगावट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ।