शीर्षकहरू

एक ताेला सुनको भाउ १ लाख ९० हजार ६०० सय रुपैयाँ

एक ताेला सुनको भाउ १ लाख ९० हजार ६०० सय रुपैयाँ

काठमाडौं । आज बिहिबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेपाली बजारमा सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । 

हिजो तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ९० हजार छ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

आज चाँदीको भाउ ५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । 

पछिल्ला दिनहरुमा सुनको भाउले लगातार नयाँ रेकर्ड राख्दै आएको छ । विश्वमा भएको युद्ध र व्यापारमा ट्यारिफ लगाउँने प्रतिस्पर्धाले पछिल्लो समय सुनको वृद्धि भएको जानकारहरु बताउँछन् ।