शीर्षकहरू

सुनको भाउ १२ सयले बढ्यो, हालसम्मकै महँगो

सुनको भाउ १२ सयले बढ्यो, हालसम्मकै महँगो

काठमाडौं । सुनको भाउ हालसम्मकै महँगो भएको छ । आज सोमबार तोलाको एक हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज तोलाको एक लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

हिजो तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको भाउ एक हजार ९ सय ६० रुपैयाँमा स्थिर छ ।